१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

बढी पैसा लिने मेनपावर कम्पनीलाई कारबाही

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७

 

(ABC Sanchar)
काठमाडौँ । वैदेशिक रोजगार विभागले साउदी अरब जान लागेका युवासँग मनलाग्दी पैसा असुली गरेको अवस्थामा राजधानीको एउटा वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई आकस्मिक कारबाही गरेको छ ।
विभागको आकस्मिक अनुगमन टोलीले अनुगमनका क्रममा काठमाडौँको धुम्बाराहीस्थित मनास्लु इन्टरनेसनल सर्भिस प्रालिमा साउदी जाने युवासँग पैसा लेनदेनकै कारोबार गरेको अवस्थामा फेला पारेपछि कारबाही गरेको हो ।
साथै विभागको अनुगमन टोलीले उक्त रोजगार कम्पनीका सञ्चालकलाई आवश्यक कागजातसहित २४ घण्टाभित्र विभागमा उपस्थित हुनसमेत निर्देशन दिएको जनाएको छ ।
साउदीको हेल्दी फुड्सको एलटीडीमा कफी मेकर पदमा जान लागेका युवासँग कम्पनीका एक कर्मचारीले प्रतिव्यक्ति एक लाख रुपियाँभन्दा बढी रकम मागेको र पैसा नदिए भिसा रद्द गर्नेसम्मको धम्की दिएपछि प्रभावित युवाले विभागमा उजुरी गरेका आधारमा विभागको टोलीले अनुगमन गरेको थियो ।
विभागको अनुगमन टोलीले ठगीमा परेका युवाले बुझाएको रकमसहित कम्पनी सञ्चालकलाई फेला पारेको जनाएको छ । वैदेशिक रोजगारको ऐनअनुसार मलेसिया र खाडीका छ देशमा जान १० हजार रुपियाँभन्दा बढी लिन पाइँदैन तर म्यानपावर कम्पनीले भने खुलेआम विदेश जाने युवासँग लाखौँ रुपियाँ असुल गर्ने गरेका छन् । उक्त टोलीले अनुगमनका क्रममा भिसा लागेका युवालाई सरकारले तोकेको शुल्कमा साउदी उडाउन र साउदी पुगेपछि कुनै प्रकारको नियोजित दुःख नदिनसमेत निर्देशन दिएको छ । विभागले जुनसुकै बेला चर्को असुलीविरुद्ध उजुरी आउन सक्ने र वैदेशिक रोजगारमा जाने श्रमिक ठगिन सक्ने हुँदा शनिबार वा कार्यालयको समयबाहेकको समयमा पनि अनुगमन हुने स्पष्ट पारेको छ ।
यसअघि विभागले गएको तीन महिनाका बीचमा ६० वटा म्यानपावरको आकस्मिक अनुगमन गरी ४५ वटालाई त कारबाही नै गरिसकेको जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]