२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु, तोकिएकै समयमा सम्पन्न गर्ने

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७


(ABC Sanchar) काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु भएको छ । कोरोनाको कारण सुरुङमार्ग निर्माणको काममा प्रभाव परेकोमा हिजो मंगलबारदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले जानकारी दिनुभयो ।

कोरोनाको महामारीमा पनि सडक, खोला डाईभर्सन, बिस्फोट गर्नेलगायत विभिन्न तयारीको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुरुङमार्ग खन्ने काम भने मंगलबारबाट औपचारिक रुपमा सुरु भएको उहाँले जानकारी दिनुभयो । अबदेखि सुरुङमार्ग खन्ने काम नरोकिने गरी काम हुने विभागका उपमहानिर्देशक थापाले बताउनुभयो ।
हाल सुरुङमार्गमा दुई सय ९० जना नेपाली र २५ जना जापानी प्राविधिक टोलीले काम गरिरहेका छन् ।
कोरोनाको कारण जापानी प्राविधिक टोली यसअघि आफ्नो घर फर्किएको भए तापनि हाल उहाँहरु नेपाल आइसकेकाले काममा कुनै बाधा नपुग्ने उहाँले बताउनुभयो ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९, जग्गाको मुआब्जा विवादलगायतका कारण पूर्वनिर्धारित समयमै सुरु हुन सकेको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गर्नुभएको थियो ।
आयोजनाका बारेमा जानकारी लिन सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, उपमहानिर्देशक अर्जुनजङ्ग थापा, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, धादिङका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोलीले केही दिन अघि आयोजनास्थल पुगेर निरीक्षण गर्नुभएको थियो ।
काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाइ २.५ किलोमिटर, चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुङ्गाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ भने सडकको लम्बाइ आठ किलोमिटर कम हुनेछ ।
सुरुङमार्ग निर्माणपछि थानकोटबाट दश मिनेटमा नौबिसे पुग्न सकिनेछ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । गोरखापत्र अनलाइनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!