२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

ठगी अपराध र बोकसी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७


 

(सुरेश कुमार पाण्डे)
कपिलवस्तु । ठगी अपराध र बोकसी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

ठगी अपराध मुद्धामा संलग्न रही सम्मानित कपिलवस्तु जिल्ला अदालतको लगत नं ३३०० मिति २०७५।११।०८ गतेको फैसला अनुसार १ बर्ष कैद र रु ७,७१,५०७।– (सातलाख एकहत्तर हजार पाँचसय सात) जरिवाना ठहर भएको प्रतिवादी कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३ जवाभारी बस्ने बर्ष २८ को अल्ताफ मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै बोक्सीको आरोप मुद्दाको लगन नं. ३३८६ मिति २०७५।०७।०७ गतेको फैसला अनुसार ६ महिना कैद र ५००० (पाँच हजार) लागत असुल हुन बाँकी रहेकी कपिलवस्तु नगरपालिका ६ बस्ने बर्ष ३५ कि फगुनी थरुनीलाई खोजतलासको क्रममा मिति २०७७।०९।०७ गते पक्राउ गरिएको प्रहरीले जनाएको हो । उनलाई सम्मानित कपिलवस्तु जिल्ला अदालतमा पेश गरिएको र थप अनुसन्धान जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!