०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

ठगी अपराध र बोकसी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७

 

(सुरेश कुमार पाण्डे)
कपिलवस्तु । ठगी अपराध र बोकसी आरोप मुद्धाका फरार प्रतिबादी पक्राउ परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

ठगी अपराध मुद्धामा संलग्न रही सम्मानित कपिलवस्तु जिल्ला अदालतको लगत नं ३३०० मिति २०७५।११।०८ गतेको फैसला अनुसार १ बर्ष कैद र रु ७,७१,५०७।– (सातलाख एकहत्तर हजार पाँचसय सात) जरिवाना ठहर भएको प्रतिवादी कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ३ जवाभारी बस्ने बर्ष २८ को अल्ताफ मुसलमानलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै बोक्सीको आरोप मुद्दाको लगन नं. ३३८६ मिति २०७५।०७।०७ गतेको फैसला अनुसार ६ महिना कैद र ५००० (पाँच हजार) लागत असुल हुन बाँकी रहेकी कपिलवस्तु नगरपालिका ६ बस्ने बर्ष ३५ कि फगुनी थरुनीलाई खोजतलासको क्रममा मिति २०७७।०९।०७ गते पक्राउ गरिएको प्रहरीले जनाएको हो । उनलाई सम्मानित कपिलवस्तु जिल्ला अदालतमा पेश गरिएको र थप अनुसन्धान जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!