२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भालुवाङको लालमटिया स्वास्थ्य चौकीमा नियमित सेवा विस्तार

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७

(सागर थापा)
दाङ । भालुवाङ राप्ती गाउँपालिका लालमटिया स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा बिहीबारबाट विस्तार भएको छ । राप्ती गाउँपालिकाले निक साईमन्स ईन्टिच्युट ललितपुरको सहकार्यमा एमबिबीएस चिकित्सकसहितको प्राबिधिक सेवा सुरु गरेको छ ।

विगतमा एकजना मात्रै चिकित्सक रहेकोमा अबदेखि एक जना ल्याव टेक्निसियन, एकजना फार्मेसी सहायक , एकजना स्टाप नर्स थप गरिको छ । अब स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा, ईसिजी सेवा सुरु गरिएको छ ।

छिटै डिजीटल ऐक्सरे सेवा समेत सुरु गरिएको राप्ती गाउँपालिका वडा नम्बर १ का तारा बहादुर डिसीले जानकारी दिए । हाल दूईवटा भवनबाट सेवा भइरहेको छ । अबदेखि स्वास्थ्य चौकीमा आगामी दिनमा नयाँ स्वास्थ्य सेवासुविधा सहितको सेवा प्रदान गर्नको लागि प्रदेश सरकार तथा संघीय सरकार संग समन्वय भइरहेको अध्यक्ष डिसीले बताए ।

स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष डिसीले चौकीको स्तरउन्नती गर्न अति आवश्यक रहेको बताए । सो अवसरमा निक साईमन्सका सिनियर चिकित्सक मदन श्रेष्ठ, ल्याव टेक्निसीएन अमित सुवेदी, फार्मेसी सहायक मेघराज पाण्डे र स्टाफ नर्स श्रृजना गुरुङलाई स्वागत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]