०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

नेकपा परित्याग गरि ५१ जना कार्यकर्ता काँग्रेसमा प्रवेश

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

 

(ABC Sanchar)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने र रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । नेपाली कांग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

काठमाडौं । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको […]

दाङबाट साजिदा सिद्धिकिसहित एमालेले छान्यो समानुपातिक सांसदहरु (सूचीसहित) काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले बताए। क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको बताए। एमालेले समानुपातिकबाट १६ सीट जितेको छ। जनजाति (४ जना) महिला : • भूमिका सुब्बा • गंगादेवी श्रेष्ठ पुरुष : […]

error: Content is protected !!