२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बिधालय क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्न सचेतनामुलक बोर्डको स्थापना

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

(तेज वली)
दाङ । तुलसीपुर दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाका बिभिन्न ठाँउहरुमा सचेतनामुलक बोर्डहरुकाे स्थापना गरेकाे छ । तुलसीपुर-सल्यान सडकखण्ड अन्तर्गत गोठिखोला स्थित श्री आधारभुत बिधालय गोठिखोलाको सहयोगमा अस्थायी प्रहरी पोस्ट गोठिखोलाको सहकार्यमा एक कार्यक्रमका बिचमा सचेतनामुलक ट्राफिक बोर्ड राखिएको छ ।

बिहिवार गाेटिखाेला स्थित एक कार्यक्रमको आयोजना गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन बहादुर जिसि ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्र ना नि चन्द्र के‍‍.शी, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चेतमान सेजवाल, प्रहरी पोस्ट गोठिखोलाका प्र स नि बालाराम नेपाली लगाएत प्रहरी कर्मचारी र ट्राफिक प्रहरीहरुकाे सहभागिता रहेको दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]