२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

संसद विघटनसंगै दाङ प्रहरी हाइ अलर्टमा बाक्लो प्रहरी परिचालन

Logo
प्रकाशित शुक्रबार, पुष १०, २०७७

 

(सागर थापा)
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गर्न सिफारिस संगै अहिले दाङमा सुरक्षा ब्यबस्थापन बाक्लो पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले अवस्था भडकिन सक्ने र आन्दोलन चर्किन सक्ने भन्दै दाङ जिल्लाभर प्रहरी प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिएका छन् ।
संसद विघटनको प्रस्तावप्रति जनमानसमा आक्रोश फैंलिदै गएपछि सुरक्षा फौजलाई आवश्यक्ता अनुसारका सामाग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन गरेका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादलाई लक्षित गरि दाङमा थप प्रहरीहरु परिचालन गरिएको छ । दाङ प्रहरी प्रमुख एसपी चंन्दका अनुसार अहिले विशेष गरि नेकपाको पार्टी कार्यालयका लागि समेत देशभर विवाद भइरकेको अबस्थामा दाङ जिल्लामा पनि दुई पाटीको विवाद हुन सक्ने भन्दै थप प्रहरी मुख्य बजारमा परिचालन गरिएको छ ।

साथै दाङ जिल्लाभरमा पार्टी कार्यालय आसपासमा बढि प्रहरीले निगरानी गरेको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।