२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

नेता र न्यायाधीशको नाममा करोडौं ठगी गर्ने कक्षपति पक्राउ

Logo
प्रकाशित शनिबार, पुष ११, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले नेता तथा न्यायाधीशको नाम लिएर करोडौं ठगी गर्दै आएका सहदेव कक्षपतिलाई पक्राउ गरेको छ । कक्षपतिले विभिन्न व्यक्तिलाई जग्गा, मुद्दामामिलाका विषयमा मिलाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले कक्षपतिलाई ठगी आरोपमा पक्राउ गरिएको जानकारी दिए । ‘कक्षपतिविरुद्ध चेक अनादर मुद्दा जिल्ला अदालत काठमाडौंमा परेको रहेछ । अदालतले उनलाई ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयनको क्रममा कक्षपतिलाई पक्राउ गरिएको हो,’ उनले भने ।
कक्षपति कांग्रेसका नेता विजयकुमार गच्छदार निकट मान्निछन् । गच्छदारलाई उनले भिनाजु सम्बोधन गर्दै आएका छन् । यही आडमा कक्षपतिले वर्षौंदेखि ठगीधन्दा चलाएको प्रहरीले जनाएको छ । फर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!