१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

सामाजिक अपराध न्युनिकरण गर्न प्रहरिको सचेतना कक्षा

Logo
प्रकाशित सोमबार, जेठ १४, २०७५

१४ जेष्ठ २०७५, आईतवार
सलिम अन्सारी,१३ जेठ । सरुमारानी गाउपालिका वडा नम्बर ४ स्थित अस्थायी प्रहरी पोष्ट बड्डडाडा प्युठानले सामाजीक अपराध, दव्र्यसन तथा ट्राफिक नियम सम्बन्धी विद्यार्थीलाई जानकारी दिन बिद्यालयमा सचेतना कक्षा संचालन गरेको छ ।
विकृति, विसगंति,अपराध, हिसां लगायतका सामाजिक अपराध न्यूनीकरण गर्न एकदिने सचेतना कक्षा संचालन गरिएको हो।
अस्थायी प्रहरी कार्यालय बड्डडाडाले बिभिन्न विषयमा विद्यार्थीहरूलाई जानकारी दिने उद्ेश्यले आज जनता मावि बडडाडामा सचेतना कक्षा संचालन गरेको जनाएको छ ।
कक्षा ९ र १० मा अध्यन गर्ने विद्यार्थीलाई फेसबुक एकाउन्टको सुरक्षा कसरी गर्ने र फेसबुकको दुरुपयोगले निम्त्याउन सक्ने सम्भावित दुर्घटनाबारे जानकारी गराइएको थियो । कार्यक्रममा लागुऔषध दुव्र्यसनबाट बच्ने उपाय, मोवाइल फोनको दुरुपयोगले निम्त्याउने समस्याहरू, ट्राफिक जनचेतना सम्बन्धी,साथै घरेलु हिंसा, महिला हिसां,बाल बिबाह, जातीय छुवाछुतलगायत बिषयमा चेतनाको अभियान संचालन गरिएको थियो । सचेतना कक्षाको प्रहरी सहायक निरिक्षक रमेश नगारी,ट्राफिक प्रहरी जवान दिपक थापा र प्रहरी जवान बद्री कुवंरले सहजीकरण गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ। त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, […]

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]