२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

एसपी राना र इन्स्पेटरको सक्रियतामा तस्करी समान धमाधम पक्राउ

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

 (सागर थापा/महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भारतबाट अवैधरुपमा भित्र्याइएको सामान जफत गरिएको छ । वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभएको छ ।

डुडुवा गाउँपालिका वडा नं ०२ बेतहनी नजिकमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी अवैध मालसामानहरु ल्याईरहेका भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली चिनी, युरियामल र सूति बरामद गरेको हो । तस्करहरुले भने प्रहरीलाई देख्ने वित्तिकै फरार भएका थिए ।

प्रहरी प्रमुख प्रहरी निरीक्षक खड्काका अनुसार, ९ सय ४ किलो चिनी, ८ सय २ केजी युरिया मल, १९९ पोका सुपर वापर सूर्ति र खलिल सूर्ति ५० पोका बरामद गरेको छ । उक्त सामानको मूल्य १,३१,७६० (एक लाख एकतिस हजार सात सय साठी) बराबरको रहेको पनि प्रहरीले जनाएको छ । मुख्य नाका छलेर तस्करहरुले अन्य नाका प्रयोग गर्न थालेपछि त्यसतर्फ बाँके प्रहरी सक्रिय भएको एसपी ओमबहादुर रानाले बताउनुभयो। खुल्ला सिमानाले गर्दा तस्करीको चाप अन्य नाकामा बढेपछि बाँके प्रहरीको सक्रियता पनि बढेको हो ।

यसअघि प्रहरीले एक ट्याक्टर सूर्ति बरामद गरेको थियो । अवैध नाकाबाट प्रवेश गराइएको बाँके प्रहरीले सूचना पाएपछि नियन्त्रण सम्भव भएको थियो । यस्तै भारतबाट ल्याइएका ६ वटा रांगा समेत प्रहरीले पक्राउ गरेको थियो । आवस्यक कार्वाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको बाँके प्रहरी प्रमुख एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।