२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते आह्वान

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

(ABC Sanchar)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको माथिल्लो सदन (राष्ट्रि सभा)को अधिवेशन आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तल्लो सदन (प्रतिनिधि सभा) विघटन गरेको १ हप्तापछि राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले पुस १७ गते दिनको ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिघिरेले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी जनाएका छन् । राष्ट्रपति भण्डारीले गत आइतबार (पुस ५) गते प्रधानमन्त्री ओलीको सिफारिसमा संघीय संसदको तल्लो सदन (प्रतिनिधि सभा) विघटनको घोषणा गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि देशको राजनीतिक अवस्था भने तरल बनेको छ । संविधान विद्हरुले असंवैधानिक भनेको प्रतिनिधि सभा विघटनको विरुद्धमा राजनीतिक दलहरु समेत आन्दोलनमा उत्रिएका छन् ।
राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित नै भएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!