०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

अधिनायकवाद विरुद्ध जनताले धेरै पहिला बिजय हासिल गरिसके :आचार्य

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

(सागर थापा) दाङ । राष्ट्रिय जनमोर्चाको गढवामा आयोजित सभालाइ सम्बोधन गर्दै जिल्ला अध्यक्ष गणेश आचार्यले नेपाली जनताले अधिनायकवाद विरुद्ध धेरै पहिले नै बिजय हासिल गरेको हुदा केपि को कदमलाई जनताले खारेज गरिदिने कुरा बताउनु भयो । ओलि सरकारको गलत कार्यसैलिका कारण गणतन्त्र माथी नै प्रस्न उठेको हुदा यो कार्यसैलिको व्यापक भन्डाफोर गर्नुपर्ने कुरा बताउनु भयो । अब यिनी दलाल पुजिबादको प्रतिनिधित्व गर्ने दलहरुबाट देश जोगाउनको लागि राष्ट्रिय जनमोर्चामा संगठित हुनु पर्ने कुरा बताउनु भयो । राष्ट्रिय जनमोर्चा गढवा का अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सल्लाहकार गुणनिधि शर्मा पुर्ब केन्द्रिय कोषाध्यक्ष ओमबहादुर के सि लगायतले मन्तव्य राख्नु भएको थियोे । पालिका सदस्य खुमानन्द पोख्रेल को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिब तुकमान कुवरले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!