०८ जेठ २०८३, शुक्रबार
22-05-2026 , Fri
×

चीनले नाकाबन्दी गरेको भन्दै तातोपानी नाकामा प्रदर्शन

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

 

(ABC Sanchar)
सिन्धुपाल्चोक । भूकम्पपछि बन्द रहेको नेपाल चीनबीचको सीमा तातोपानी नाका सञ्चालन नगरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानीयवासीले नाका खुला भएको भनिएपनि एकतर्फी रुपमा बन्द गरिएको भन्दै चीनविरुद्ध प्रदर्शन गरेका हुन् ।

शनिवार स्थानीय नागरिक, व्यापारीले चीनले एकतर्फी रुपमा नाकाबन्द गरेको भन्दै विरोध प्रर्दन गरे ।

उनीहरुले चीनले अघोषित रुपमा तातोपानी सीमामा नाकाबन्दी गरेको आरोप लगाए । स्थानीयले नाका खोलेको नाटक गरिएको भन्दै त्यसको विरोधमा प्लेकार्ड बोलेका थिए । उनीहरुले मजदुरको रोजिरोटी सुनिश्चि गर्नुपर्ने रोकिएको सामान ल्याउने वातावरण बनाउनपर्ने लगायतका माग लेखिएका प्लेकार्ड बोकेका थिए ।

मोटरसाइकल र्यालीसहित नाकामा पुगेर उनीहरुले कोणसभा आयोजना गरेका थिए । प्रदर्शनमा सहभागी स्थानीयवासी तथा नेपाली कांग्रेसको भ्रातृ संठगन तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामाले चीनको अघोषित नाकाबन्दीले समस्यामा परेका स्थानीयवासी र व्यवसायी बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताए । उनले चीनले नाका खोलेको भनेपनि व्यवहारले त्यस्तो नदेखाएको बताए ।
प्रदर्शनमा सहाभागी सिन्धुपाल्चोकका ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले सिल्क ट्रान्सपोर्टले गरिरहेको एकाधिकारले अन्य ट्रक कन्टेनर व्यवसायीहरु समस्यामा परेको बताए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही राजनीतिक, सामाजिक र बौद्धिक वृत्तमा पछिल्लो समय एउटा नाम निकै चर्चामा छ- सविन प्रियासन । लामो समयदेखि पत्रकारितामार्फत समाज, राजनीति, विकास र जनजीवनका सवालहरू उठाउँदै आएका प्रियासनले अब प्रत्यक्ष राजनीतिक यात्रामा होमिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत घोराही उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेपछि उनको राजनीतिक यात्राबारे व्यापक बहस सुरु भएको […]

बर्दिया । खुला सीमा नाकाहरूमा *अवैध तस्करी बढेको* र *प्रहरी प्रशासन मौन बसेको* भन्ने गुनासो स्थानीय र सञ्चारमाध्यममा आइरहेको छ। *के भइरहेको छ?* बर्दियाको गुलरिया, राजापुर, मधुवन लगायतका क्षेत्र नेपाल-भारत खुला सीमा भएकाले पशुचौपाया, मोटरसाइकल, किराना सामान, लागूऔषध जस्ता वस्तुको अवैध ओसारपसारको जोखिम बढी हुन्छ। पछिल्ला महिनाहरूमा लुम्बिनी प्रदेश प्रहरी विशेष टोली र सशस्त्र प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले काठमाडौंस्थित *एपीएफ कमाण्ड तथा स्टाफ कलेज*मा दुईवटा कार्यक्रममा सहभागिता जनाएका छन्। *कार्यक्रमहरू:* 1. *दशौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन* – कोर्ष पूरा गरेका अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरिएको छ। 2. *एघारौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन* – नयाँ समूहका प्रशिक्षार्थी अधिकृतहरूको लागि कोर्ष सुरु भएको छ। […]

error: Content is protected !!