२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चीनले नाकाबन्दी गरेको भन्दै तातोपानी नाकामा प्रदर्शन

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

 

(ABC Sanchar)
सिन्धुपाल्चोक । भूकम्पपछि बन्द रहेको नेपाल चीनबीचको सीमा तातोपानी नाका सञ्चालन नगरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानी नाकामा स्थानीयवासीले नाका खुला भएको भनिएपनि एकतर्फी रुपमा बन्द गरिएको भन्दै चीनविरुद्ध प्रदर्शन गरेका हुन् ।

शनिवार स्थानीय नागरिक, व्यापारीले चीनले एकतर्फी रुपमा नाकाबन्द गरेको भन्दै विरोध प्रर्दन गरे ।

उनीहरुले चीनले अघोषित रुपमा तातोपानी सीमामा नाकाबन्दी गरेको आरोप लगाए । स्थानीयले नाका खोलेको नाटक गरिएको भन्दै त्यसको विरोधमा प्लेकार्ड बोलेका थिए । उनीहरुले मजदुरको रोजिरोटी सुनिश्चि गर्नुपर्ने रोकिएको सामान ल्याउने वातावरण बनाउनपर्ने लगायतका माग लेखिएका प्लेकार्ड बोकेका थिए ।

मोटरसाइकल र्यालीसहित नाकामा पुगेर उनीहरुले कोणसभा आयोजना गरेका थिए । प्रदर्शनमा सहभागी स्थानीयवासी तथा नेपाली कांग्रेसको भ्रातृ संठगन तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामाले चीनको अघोषित नाकाबन्दीले समस्यामा परेका स्थानीयवासी र व्यवसायी बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताए । उनले चीनले नाका खोलेको भनेपनि व्यवहारले त्यस्तो नदेखाएको बताए ।
प्रदर्शनमा सहाभागी सिन्धुपाल्चोकका ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाले सिल्क ट्रान्सपोर्टले गरिरहेको एकाधिकारले अन्य ट्रक कन्टेनर व्यवसायीहरु समस्यामा परेको बताए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!