२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कंचनपुरमा पार्टी कब्जा लिने विषयमा २ समूहबीच झडप पाटी कार्यालय प्रहरी घेराभित्र

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

 

(ABC Sanchar)
कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपाल पक्षबीच केन्द्रमा जारी विवादको असर जिल्लाहरुमा पनि परेको छ ।

यसैबीच नेकपाका विभाजित दुई पक्षले कञ्चनपुरको पार्टी कार्यालय कब्जा गर्न खोज्दा दुई पक्षबीच हात हालाहालको अवस्था बनेको छ ।

नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीच आइतबार पार्टी कार्यालयमै हात हालाहाल भएको हो । ओली पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि प्रचण्ड–नेपाल समूहले ताला तोड्ने प्रयास गरेपछि तनावको अवस्था बनेको हो ।

पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त भएपछि स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाको नेतृत्वमा प्रहरी परिचालन गरिएको जनाएको छ।

प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालयमै भेलाको आयोजना गरेको भन्दै ओली पक्ष विरोधमा उत्रिएको थियो।

अहिले पनि दुवै पक्षका नेता कार्यकर्ताबीच वादविवाद भइरहेको छ। उनीहरुले पार्टी कार्यालय आ–आफ्नो भएको दाबी गर्दै आएका छन् ।
केन्द्रमा दुई पार्टीको अभ्यास जारी रहँदा विभिन्न जिल्लास्थित पार्टी कार्यलयहरु कब्जा गर्ने होडबाजी नै चलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!