२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिच बाटोमा चालकमाथि खुकुरी प्रहार

Logo
प्रकाशित आइतबार, पुष १२, २०७७

(तेज वली)

दाङ । तुलसीपुरमा शनिबार राति १२ बजेतिर अटोमा चढेका यात्रुहरुले चालकमाथि खुकुरी प्रहार गरि लुटपाट गरेका छन् । पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह २५४६ नम्बरको अटोलाई अपरिचीत ४ जनाको समूह अटोमा बसेर आधा बाटो गएपछि चालकलाई नै खुकुरी प्रहार गरी २५ सय रुपैँया लुटपाट गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए ।

उनका अनुसार महेन्द्र माध्यामिक विद्यालय नजिक लगेर अटो चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. २ खैरीपुर निबासी २६ बर्षका तेज बहादुर नेपालीलाई खुकुरी प्रहार गरेर लुटपाट गरी उनीहरु फरार भएका हुन् । फरार रहेकाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि डिस्र्चाज भएका छन् । प्रहरीले अटो रिक्सालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!