२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बाँके सिडियो कुरुबाङ्गले दिए तस्करी रोक्न प्रहरी प्रमुखलाई कडा निर्देशन

Logo
प्रकाशित सोमबार, पुष १३, २०७७

(महेन्द्र सिंह)
बाँके। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले बाँकेका सुरक्षा निकाय प्रमुखहरुलाई तस्करी रोक्न कडा निर्देशन दिएका छन् । आईतबार प्रशासन कार्यालयमै जिल्ला सुरक्षा प्रमुखहरुलाई बोलाई प्रजिअ कुरुम्वाङ्गले कुनैपनि हालतमा तस्करी रोकिनु पर्ने बताएका छन् । सिडिओ कुरुम्वाङ्गले तस्करी बिरुद्ध कडा रुपमा एक्सनमा हिँडेको उल्लेख गर्दै कुनै राजनीतिक दवाव र कसैको पावरमा तस्करलाई नछोड्ने कानून बमोजिम सिधै भित्र हाल्ने बताए । ‘तस्कर छुटाउन कसैले पनि कष्ट नगरिदिनु होला ।’ सिडिओ कुरुम्वाङ्गले भने ‘चोरी तस्करी मातृभुमिमाथिको बलात्कार हो, कुनै हालतमा छोडिने छैन ।’
नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत जिल्ला प्रहरी प्रमुखहरु उपस्थित रहेको ‘तस्करी कसरी रोक्ने’ भन्ने छलफलमा सिडिओ कुरुम्वाङ्गले सबै सुरक्षा प्रमुखहरुलाई बाँकेको तस्करी जसरी भएपनि रोकिनु पर्ने र तस्करलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन दिए ।

बाँकेमा सरुवा भएर आएदेखि चोरी तस्करी, गुण्डागर्दी, भ्रष्टाचार लगायतका कानून विपरित हुने क्रियाकलाप रोक्न कम्मर कसेर लागेका सिडिओ कुरुम्वाङ्गले तस्करी रोक्न जिल्ला सुरक्षा प्रमुखहरु दिन होस् वा रात सूचना आउने वित्तिकै आ–आफ्नो ठाउँबाट अहोरात्र खटिनु पर्ने बताए । तस्करी रोक्न जनपद र सशस्त्र प्रहरीका युनिटहरुमाथि कडा निगरानी गर्ने र तस्करी गराउन सहयोग पुर्याएको भेटिए युनिट ईन्चार्जमाथि कारबाही गरिने निर्णय भएको सिडिओ कुरुम्वाङ्गले जानकारी दिए । ‘सबै जिल्ला सुरक्षा निकायका प्रमुखहरु तस्करी रोक्न एकमतले खटिने जनाउनु भएको छ । तपाईहरु कसैको दवाव र धम्कीले पछाडी नहट्नु होला ।’ सेतोखरीसँग कुरा गर्दै सिडिओ कुरुम्वाङ्गले भने ‘जति धम्की र प्रेसर आउँछ म सामना गर्छु, तस्कर र तस्करीको मालसामान नछोड्नु होला । तस्करी रोक्न भनि जुन सीमाक्षेत्रमा सशस्त्र प्रहरी र जनपद प्रहरीका युनिटहरु छन्, तिनीहरुमाथि गोप्य रुपमा मूल्याकन गर्ने र तस्करी रोकिएन वा कहिंकतै संलग्नता देखिए ईन्चार्जमाथि ठाउँका ठाउँ कारबाही गरिने छ । बाँकेमा एक महिनायता तस्करी बढेको छ । तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा राखिएका नेपाल प्रहरीका चौकी, ईलाका र सशस्त्र प्रहरीका युनिटहरु नै तस्करी गराउनमा संलग्न भएपछि जिल्लामा तस्करी बढेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!