०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

२९ जना जेष्ठ नागरिकलाई न्यानो कपडाहरु वितरण

Logo
प्रकाशित मंगलबार, पुष १४, २०७७

 

(सागर थापा)
दाङ । भालुवाङ राप्ती गाउँपालिका वडा नं २ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । विगतको वर्ष जस्तै यस वर्ष ७७ बर्ष देखी ८१ बर्ष विचका जेष्ठ नागरिकहरुलाई चिसोबाट केहि संरक्षण गर्नका लागि १ वटाका दरले कपासको सिरक वितरण गरिएको हो । राप्ती गाउँपालिका वडा नं २ को यस आर्थिक बर्ष ०७७।०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार २९ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा उपलब्ध गराईएको वडा सचिव सीता भण्डारी आचार्यले जानकारी दिएकी छिन ।

राप्ती गाउँपालिका वडा नम्बर २ को कार्यलयमा वडाअध्यक्ष जगत बहादुर थापाले जेष्ठ नागरिक लाई सिरक उपलब्ध गराउदै वडामा आउन नसक्ने ८७ बर्ष देखी ८१ बर्ष विचका जेष्ठ नागरिकहरुलाई वडा जनप्रतिनिधि तथा कर्मचारी घरमै गएर न्यानो कपडा वितरण गरिने गरेका छन ।

अध्यक्ष थापाले जेष्ठ नागरिक सबैका मार्गदर्शक, पथ प्रदर्शक, ज्ञानदाता, आदरणीय भएकोले सबैले जेष्ठ नागरिकको सम्मान र हेरचाह गर्नु पर्ने बताउनु भएको छ ।

यसै विच गत महिना वडा नं ७ मा ७४ वर्ष देखी ७७ वर्ष उमेरमा रहनु भएका ६५ जना बृद्ध बृद्धालाई न्यानो कपडा फाईवर सिरक उपलब्ध गरिएको र राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३१४ वढि जेष्ठ नागरिकलाई थरमस र लाईट उपलब्ध गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!