२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

२९ जना जेष्ठ नागरिकलाई न्यानो कपडाहरु वितरण

Logo
प्रकाशित मंगलबार, पुष १४, २०७७

 

(सागर थापा)
दाङ । भालुवाङ राप्ती गाउँपालिका वडा नं २ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । विगतको वर्ष जस्तै यस वर्ष ७७ बर्ष देखी ८१ बर्ष विचका जेष्ठ नागरिकहरुलाई चिसोबाट केहि संरक्षण गर्नका लागि १ वटाका दरले कपासको सिरक वितरण गरिएको हो । राप्ती गाउँपालिका वडा नं २ को यस आर्थिक बर्ष ०७७।०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार २९ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा उपलब्ध गराईएको वडा सचिव सीता भण्डारी आचार्यले जानकारी दिएकी छिन ।

राप्ती गाउँपालिका वडा नम्बर २ को कार्यलयमा वडाअध्यक्ष जगत बहादुर थापाले जेष्ठ नागरिक लाई सिरक उपलब्ध गराउदै वडामा आउन नसक्ने ८७ बर्ष देखी ८१ बर्ष विचका जेष्ठ नागरिकहरुलाई वडा जनप्रतिनिधि तथा कर्मचारी घरमै गएर न्यानो कपडा वितरण गरिने गरेका छन ।

अध्यक्ष थापाले जेष्ठ नागरिक सबैका मार्गदर्शक, पथ प्रदर्शक, ज्ञानदाता, आदरणीय भएकोले सबैले जेष्ठ नागरिकको सम्मान र हेरचाह गर्नु पर्ने बताउनु भएको छ ।

यसै विच गत महिना वडा नं ७ मा ७४ वर्ष देखी ७७ वर्ष उमेरमा रहनु भएका ६५ जना बृद्ध बृद्धालाई न्यानो कपडा फाईवर सिरक उपलब्ध गरिएको र राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३१४ वढि जेष्ठ नागरिकलाई थरमस र लाईट उपलब्ध गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!