२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

फेसबुक मार्फत ४२ लाख ठगी गर्ने युवायुवती पक्राउ

Logo
प्रकाशित बुधबार, पुष १५, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । सामाजिक सञ्जाल वाट्सएप र फेसबुकको माध्यमाबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ पारेक छन् ।

पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका-३ मोरवाङ घर भएका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् ।

उनीहरुले फेसबुक र वाट्सएपमा फेक आइडि मार्फत सम्पर्क गरी नेदरल्याण्डको नागरिक बताई पीडितहरुलाई बिभिन्न बहानामा नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरु पठाई दिने भनी प्रलोभनमा पारी दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको बैंक खातामा र आइमई समेतबाट नगद ४१ लाख ९८ हजार ४ सय ५० रुपैयाँ पठाउन लगाई ठगी गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]