ABC (क्राईमबिट)
काभ्रेपलाञ्चोक । गाई काटेको अभियोगमा महाभारत गाउँपालिका-१ गोकुले बस्ने ५३ वर्षीय रत्न बहादुर जिम्बा समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई गाईको मासु करिब २५ केजी सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।