२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

कपिलवस्तुमा युवतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १६, २०७७

 

ABC (क्राईमबिट)
कपिलवस्तु । शिवराज नगरपालिका वडा नं. ३ की दीपा रोकाको हत्या अभियोगमा एक जना किशोर पक्राउ परेका छन्। दीपाको हत्या गर्ने शिवराज नगरपालिका वडा नं. ४ बस्ने बर्ष २० का अतिउल्ला बढई पक्राउ परेका हुन्।

गत पुस ११ गते पानी लिन गएकी रोका एकाएक हराएपछि खोजतलास गर्नेक्रममा पुस १३ गते खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। १६ बर्षीया दीपा मृत अवस्थामा फेला परेसंगै उनको हत्या भएको आशंका गरिएको थियो।

दीपाको हत्या गर्ने अभियुक्तको खोजतलासी गर्नेक्रममा अभियुक्त पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटाले विहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।

घटनास्थलमा पर्स फेला परेसंगै प्रहरीलाई खोजतलास गर्न सहज भएको थियो । पर्स फेला परेसंगै प्रहरीले अभियुक्त खोजबिन तिव्र पार्दै विहीबार सार्वजनिक गर्न सफल भएको हो। पक्राउ परेका अभियुक्तले हत्या स्विकार गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए।

अभियुक्त माथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को ज्यान सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भई रहेको समेत प्रहरी उपरिक्षक अधिकारीले बताए।

अभियुक्तले आफुले हत्या गरेको सबै विवरण प्रहरी समक्ष बताएका छन्।

अभियुक्त बढई माछा मार्नका लागि खोलामा गएको र उक्त बेला दीपा शौच गर्न बसेका बेला आफुले जिस्काउन पुगेको उनले बताएका छन्।

उनले अगाडी भनेका छन्, ‘दीपा शौच गर्न बसेको बेला मैले जिस्काए, दीपा रिसले मलाई तथानाम गालीगलौज गरिन, दुवै जना झगडा गर्दा गर्दै हातपात गर्ने स्थितिमा पुग्यौं, लगत्तै मैले घाटी थिचेर ज्यान लिए।’ ‘अभियुक्त बढईको स्विकारोक्ती’।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]