३० आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

कपिलवस्तुमा युवतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १६, २०७७

 

ABC (क्राईमबिट)
कपिलवस्तु । शिवराज नगरपालिका वडा नं. ३ की दीपा रोकाको हत्या अभियोगमा एक जना किशोर पक्राउ परेका छन्। दीपाको हत्या गर्ने शिवराज नगरपालिका वडा नं. ४ बस्ने बर्ष २० का अतिउल्ला बढई पक्राउ परेका हुन्।

गत पुस ११ गते पानी लिन गएकी रोका एकाएक हराएपछि खोजतलास गर्नेक्रममा पुस १३ गते खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। १६ बर्षीया दीपा मृत अवस्थामा फेला परेसंगै उनको हत्या भएको आशंका गरिएको थियो।

दीपाको हत्या गर्ने अभियुक्तको खोजतलासी गर्नेक्रममा अभियुक्त पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटाले विहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।

घटनास्थलमा पर्स फेला परेसंगै प्रहरीलाई खोजतलास गर्न सहज भएको थियो । पर्स फेला परेसंगै प्रहरीले अभियुक्त खोजबिन तिव्र पार्दै विहीबार सार्वजनिक गर्न सफल भएको हो। पक्राउ परेका अभियुक्तले हत्या स्विकार गरेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए।

अभियुक्त माथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को ज्यान सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भई रहेको समेत प्रहरी उपरिक्षक अधिकारीले बताए।

अभियुक्तले आफुले हत्या गरेको सबै विवरण प्रहरी समक्ष बताएका छन्।

अभियुक्त बढई माछा मार्नका लागि खोलामा गएको र उक्त बेला दीपा शौच गर्न बसेका बेला आफुले जिस्काउन पुगेको उनले बताएका छन्।

उनले अगाडी भनेका छन्, ‘दीपा शौच गर्न बसेको बेला मैले जिस्काए, दीपा रिसले मलाई तथानाम गालीगलौज गरिन, दुवै जना झगडा गर्दा गर्दै हातपात गर्ने स्थितिमा पुग्यौं, लगत्तै मैले घाटी थिचेर ज्यान लिए।’ ‘अभियुक्त बढईको स्विकारोक्ती’।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा बाटोमै ज्यान गयो उदयपुर । त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा आइतबार बाटोमै ज्यान गएको छ। प्रसूति गराउन जिल्ला असपताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो। सुत्केरी व्यथा लागेपनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला असपतालमा प्रसूति गराउन ल्याएका थिए। उनको अस्पताल ल्याउनुअघि नै बाटोमै […]

दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका, कार्यालय प्रमुख प्र.नि.उपेन्द्र बहादुर बम ज्यूबाट यस कार्यालय तथा मातहत पोष्ट ईन्चार्जहरु समेतलाई सेवाग्रहीहरुसँग शिष्ट,सभ्य नम्र ब्यवहार गर्नुका साथै बर्षातका कारणबाट हुनसक्ने बिभिन्न प्रकारका सवारी दुर्धटनाका बारेमा सचेतना कार्यक्रमहरु प्रभावकारी रुपले संचालन गर्ने, ट्राफिक ब्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागि बिशेष रुपले परिचालन हुन भनि निर्देशन दिनु भएको।

सिरहा । जिल्लाको औरही गाउँपालिका–५ मलाह टोलका २३ वर्षीय राम उदगार मलाह ठूलो मात्रामा लागूपदार्थ गाँजासहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरहीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा विशेष अपरेशन चलाउँदै उनलाई पक्राउ गरेको हो। पक्राउको समयमा उनी मोटरसाइकलमा गाँजा बोकेर हिँडिरहेका थिए। प्रहरीका अनुसार, राम उदगारले चलाइरहेको प्रदेश २–०१–००३ […]

error: Content is protected !!