२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अज्ञात रोगले बाख्राहरु मर्न थाले पछी किसानहरु चिन्तित

Logo
प्रकाशित बिहिबार, पुष १६, २०७७

 

(ABC Sanchar)
जुम्ला । अज्ञात रोगले बयर जातका बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन्। महङ्गोमा खरिद गरेर पालिएका बाख्रा मर्न थालेपछि किसान निकै चिन्तित हुन थालेको चन्दननाथ नगरपालिका–३ का स्थानीयवासी भक्तबहादुर कठायतले बताए।

उनले भने, “एक हप्तादेखि बाख्रा मर्न थालेको र मेरा मात्र ६ वटा बोका मरिसके, चार वटा बिरामी छन् ।” विसं २०६४ देखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएका भक्तबहादुरले झण्डै साढे दुई लाखको क्षति भइसकेको बताए।

खरिद गर्दा प्रति बाख्रा झण्डै रु ५० देखि ६० हजारसम्म मूल्य पर्छ । पशु चिकित्सकले खोरमै पुगेर दुई दुई वटा सुई लगाएर फर्किएपनि रोग नियन्त्रण हुन नसकेको जनाइएको छ ।
बिरामी बाख्राले पातलो दिशा गर्ने, काम्ने, ¥याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको छ । लक्षण देखिएको केही घण्टामै बाख्रा मर्ने गरेका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भेटनरी अस्पतालका प्रमुखलाई भनेर पशु प्राविधिकलाई नियमित रुपमा पठाउन निर्देशन दिएका छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]