२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीको गुनासो पेटिका विस्तार

Logo
प्रकाशित शुक्रबार, पुष १७, २०७७

 

ABC (क्राईमबिट)
वाग्मती । प्रहरीले जनतालाई पु¥याउँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा शुरु गरेको प्रहरी गुनासो पेटिका थप विस्तार गर्ने योजना अघि बढाइएको छ ।

यसअघि प्रदेशभित्रका १० जिल्लाका २८ स्थानीय तहमा मात्रै सीमित राखिएको गुनासो पेटिका अब प्रदेशका अन्य सबै पालिकामा समेत राख्ने गरी तयारी अघि बढाइएको हो । तीन चरणमा प्रहरी गुनासो पेटिका प्रदेशका सबैजसो स्थानीय तहमा राखिने छ ।

सुझाव पेटिकामा प्राप्त सुझावले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन सघाउ पुगेकाले सुझाव पेटिकालाई व्यापक बनाउन लागिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए ।

प्रहरी कार्यालयमा वर्षौँदेखि गुनासो पेटिका राखिए पनि प्रहरीका गलत कामको उजूरी त्यहाँ नपर्ने हुनाले अब स्थानीय निकायमा सर्वसाधारणलाई गुनासो पेटिका राखिएको प्रदेश प्रहरी कार्यालयको निष्कर्ष छ ।

स्थानीय तहमा राखिएको गुनासो पेटिका प्रत्येक महिनाको १ गते सम्बन्धित तहका प्रतिनिधि र स्थानीयवासी, नजीकको प्रहरी एकाइका प्रतिनिधिले सिलबन्दी गरेर प्रदेश प्रहरी कार्यालयमा पठाउनुपर्छ ।

गुनासोमाथि छानबिन र कारवाही गर्ने काम प्रदेश प्रहरी कार्यालयले गरिरहेको जनाइएको छ । नागरिकलाई प्रहरीले प्रदान गर्ने सेवा थप प्रभावकारी बनाउन वाग्मती प्रदेश प्रहरी कार्यालयले विभिन्न स्थानीय तहमा गुनासो पेटिका राख्दै आएको छ ।

गुनासो पेटिकामा प्राप्त आवश्यक योग्य सुझावलाई तत्काल कार्यान्वयन चरणमा अघि बढाइने गरिएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिए । पहिलो चरणमा भरतपुर महानगर र हेटौँडा उपमहानगरसहित २५ नगरपालिका र जिल्ला सदरमुकाममा रहेको एउटा गाउँपालिकामा गुनासो पेटिका राखिएको थियो ।

अब दोस्रो चरणमा ७० गाउँपालिका गुनासो तथा सुझाव सङ्कलन पेटिका राखिने छ भने तेस्रो चरणमा आवश्यकतानुसार वडा कार्यालय समेतमा विस्तार गरिने प्रदेश प्रहरी कार्यालयको योजना छ । स्थानीय तहमा सेवा लिन जाने सेवाग्राहीले पनि प्रहरीलाई आफ्नो कामकारबाहीबारे गुनासो र सुझाव दिन सक्ने छन् ।

सुझाव तथा गुनासो गोप्य रहने छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहमा ‘गुनासो पेटिका’ राखेर प्रहरी–कर्मचारीका गलत कामको उजूरीसमेत सङ्कलन सुधारका लागि विविध काम गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]