०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

निर्वाचनको सम्पूर्ण तयारी पूरा : प्रवक्ता गुरुङ्ग

Logo
प्रकाशित शुक्रबार, पुष १७, २०७७

(ABC Sanchar)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वर्तमान सरकारलाई संवैधानिक तथा कानुन मान्यता भएकोले कसैको भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभएको छ । अहिलेकाे सरकार काम चलाउ हाे कि भन्ने खालका प्रश्न उठेकाे भन्दै काेही पनि भ्रममा नपर्न अपील गर्नुभयाे ।

आज मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले नेपाल सरकारले गरेको निर्णयहरुमा कुनै पश्न उठ्न नसक्ने भन्दै कुनै भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएकाे भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्र प्रति केही कतैबाट प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उहाँले बताउनुभयो ।

अहिले संसद पूर्नस्थापना भन्दा अहिले ताजा जनादेशमा जानु पर्ने अहिलेको आवश्यकता भएकोले सडक विरोधमा भन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई प्रवक्ता गुरुङले आग्रह गर्नुभयो । सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा गरेको र यसै गरि निर्वाचन आयोगले पनि तयारी गरिरहेको उहाँले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

नेपाल सरकारले ल्याएको पछिल्लो कदम सहि भएको समेत उहाँले स्पष्ट पार्नु भयो । उहाँले पत्रकार सम्मेलनमा गोरखापत्र संस्थानमा पत्रकार गोपाल खनाललाई सल्लाहकार सम्पादकका रुपमा थप दुई वर्षका लागि निरन्तरता दिने निर्णय भएको समेत जानकारी गराउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]