२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

२१ गतेदेखि खुल्ने भयो १० महिना पछी मुस्ताङको मुक्तिनाथ मन्दिर

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७

(ABC Sanchar) मुस्ताङ । जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ।
मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सभासद, सुरक्षा निकाय, वारागुङ मुक्तिक्षेत्र-१ अन्र्तगतका रानीपौवा, झारकोट र खिङ्गा गाउँका स्थानीयबासी तथा गाउँ मुखिया र मन्दिरमा कार्यरत आनीझुमा तथा पुजारीको संयुक्त बैठकले मुक्तिनाथ मन्दिर मंगलबारदेखि सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो।

मुक्तिनाथ विकास समितिकी अध्यक्ष एवं प्रजिअ हिरादेवी पौडेलको अध्यक्षतामा सरोकारवाला निकाय सम्मिलित बैठकले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने घोषणा गरिएको हो। बैठकले सो अवसरमा विभिन्न ४ बुँदे निर्णय समेत गरेको छ। समितिकी अध्यक्ष एवं प्रजिअ पौडेलले नयाँ वर्षमा मुक्तिनाथ मन्दिर खुला गर्ने महत्वपूर्ण सकारात्मक निर्णय गरेको जानकारी दिइन्।

प्रजिअ पौडेलका अनुसार आउँदो पुस २१ गते मंगलबारदेखि मुक्तिनाथ मन्दिरको ढोका खुला गर्ने, मुक्तिक्षेत्रमा कोभिड-१९ कारण कोही स्थानीय बिरामी परेमा मुक्तिनाथ विकास समितिको कोषबाट उपचारको व्यवस्था गर्ने, मुक्तिनाथ आउने दर्शनार्थी तथा पर्यटकलाई मन्दिर प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य गराउने र मुक्तिनाथ क्षेत्रमा दर्शनार्थी तथा मन्दिरमा कार्यरत आनीझुमा, पुजारी, सुरक्षा निकाय र मन्दिरका कर्मचारीलाई कोभिड-१९ को जोखिम न्युनिकरण गराउन आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा जनशक्ति उपलब्ध गराउने बैठकले निर्णय गरेको हो।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विगत १० महिनाअघिदेखि बन्द छ। मन्दिर बन्द रहदा मुस्ताङको मात्र नभई गण्डकी प्रदेशकै पर्यटन व्यवसाय प्रभावित भएको थिया। गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले मुक्तिनाथ विकास समितिको पहलमा सरोकारवालाको बैठकले मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरेको बताए।

मुक्तिनाथ मन्दिर खोल्नु अघि मुक्तिनाथ मन्दिरक्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षा बन्दोबस्त वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गर्ने भएको छ। मन्दिर आउने दर्शनार्थीले बढीमा एक घण्टाको समय पाउने छन्।
यस्तै ,मन्दिर क्षेत्रमा प्रवेश गर्ने भक्तजनले १०८ धारा र कुण्डमा स्नान गर्न रोक लगाइने र भक्तजनले समितिले तोकेका नियममा रही भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने उल्लेख गरिएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]