२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

२१ गतेदेखि खुल्ने भयो १० महिना पछी मुस्ताङको मुक्तिनाथ मन्दिर

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७

(ABC Sanchar) मुस्ताङ । जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ।
मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सभासद, सुरक्षा निकाय, वारागुङ मुक्तिक्षेत्र-१ अन्र्तगतका रानीपौवा, झारकोट र खिङ्गा गाउँका स्थानीयबासी तथा गाउँ मुखिया र मन्दिरमा कार्यरत आनीझुमा तथा पुजारीको संयुक्त बैठकले मुक्तिनाथ मन्दिर मंगलबारदेखि सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो।

मुक्तिनाथ विकास समितिकी अध्यक्ष एवं प्रजिअ हिरादेवी पौडेलको अध्यक्षतामा सरोकारवाला निकाय सम्मिलित बैठकले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने घोषणा गरिएको हो। बैठकले सो अवसरमा विभिन्न ४ बुँदे निर्णय समेत गरेको छ। समितिकी अध्यक्ष एवं प्रजिअ पौडेलले नयाँ वर्षमा मुक्तिनाथ मन्दिर खुला गर्ने महत्वपूर्ण सकारात्मक निर्णय गरेको जानकारी दिइन्।

प्रजिअ पौडेलका अनुसार आउँदो पुस २१ गते मंगलबारदेखि मुक्तिनाथ मन्दिरको ढोका खुला गर्ने, मुक्तिक्षेत्रमा कोभिड-१९ कारण कोही स्थानीय बिरामी परेमा मुक्तिनाथ विकास समितिको कोषबाट उपचारको व्यवस्था गर्ने, मुक्तिनाथ आउने दर्शनार्थी तथा पर्यटकलाई मन्दिर प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य गराउने र मुक्तिनाथ क्षेत्रमा दर्शनार्थी तथा मन्दिरमा कार्यरत आनीझुमा, पुजारी, सुरक्षा निकाय र मन्दिरका कर्मचारीलाई कोभिड-१९ को जोखिम न्युनिकरण गराउन आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा जनशक्ति उपलब्ध गराउने बैठकले निर्णय गरेको हो।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विगत १० महिनाअघिदेखि बन्द छ। मन्दिर बन्द रहदा मुस्ताङको मात्र नभई गण्डकी प्रदेशकै पर्यटन व्यवसाय प्रभावित भएको थिया। गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले मुक्तिनाथ विकास समितिको पहलमा सरोकारवालाको बैठकले मुक्तिनाथ मन्दिर खोल्ने निर्णय गरेको बताए।

मुक्तिनाथ मन्दिर खोल्नु अघि मुक्तिनाथ मन्दिरक्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षा बन्दोबस्त वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गर्ने भएको छ। मन्दिर आउने दर्शनार्थीले बढीमा एक घण्टाको समय पाउने छन्।
यस्तै ,मन्दिर क्षेत्रमा प्रवेश गर्ने भक्तजनले १०८ धारा र कुण्डमा स्नान गर्न रोक लगाइने र भक्तजनले समितिले तोकेका नियममा रही भौतिक दुरी कायम गरी दर्शन गर्नुपर्ने उल्लेख गरिएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!