२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

प्रेस युनियनको ज्ञापनपत्र महासंघ एकतर्फी ढंगले चलाएकोप्रति कडा आपत्ती

Logo
प्रकाशित शनिबार, पुष १८, २०७७


(ABC Sanchar)
बाँके । नेपाल प्रेस युनियन बाँकेले विभिन्न मागसहित पत्रकार महासंघ केन्द्रिय समितिलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल पत्रकार महासंघ बाँकेको साधारण सभामा सहभागी हुन कोहलपुर आउनुभएका नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव उदय जिएमलाई नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले ज्ञापनपत्र बुझाउनुभएको छ । महासंघ बाँकेले पटक–पटक नेपाल प्रेस युनियन बाँके सम्बद्ध पत्रकारहरुलाई वाइपास गरेको, हँचुवामा कारबाही गरिएकोप्रति युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘विगतमा नेपाल प्रेस युनियनले महासंघको साधारणसभा बहिस्कार गरेको हो, त्यतिबेला बार्तामा भएको समझदारी हालसम्म कार्यान्वयन नभएको अवस्था छ,’ ज्ञापनपत्रमा भनिएको छ- ‘साधारणसभामा त्यस बेला सहभागी हुन आउनुभएका पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलज्युको मध्यस्थतामा भएको त्यो सहम कार्यान्वयन गरियोस् ।’ महासंघ बाँकेको नेतृत्व अपारदर्शी, स्वेच्छाचारी ढंगले अघि बढेको प्रति युनियनले कडा आपत्ती जनाएको छ । ‘महासंघलाई साझा संगठनको रुपमा नभइकन एकतर्फी ढंगले चलाएकोप्रति कडा आपत्ती जनाउँदै महासंघ नेतृत्वको यस्तै रवैया जारी रहे नेपाल प्रेस युनियनका सदस्य महासंघमा बसिरहन कुनै औचित्य छैन,’ ज्ञापन पत्रमा भनिएको छ । सम्मानजनक ढंगले रहने अवस्था नहुने हो भने युनियन बाँके थप कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!