०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

सञ्चारकर्मी महरामाथि आक्रमण गर्ने दुइजना पक्राउ सार्वजनिक मुद्दा चलाउने DSP सिंह

Logo
प्रकाशित आइतबार, पुष १९, २०७७

 

ABC (क्राईमबिट)
दाङ । न्युज बैंकका प्रधान सम्पादक महेन्द्र महरामाथि ढुंगा प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले पुस १३ गते महरामाथि ढुंगा प्रहार गर्नुकासाथै अभद्र व्यबहार गरेको भन्दै तुलसीपुर, ३ निवासी १७ बर्षीय करण नेपाली र सोही ठाउँका १८ बर्षीय शाहिल क्षेत्रीलाई पक्राउ गरिएको हो । तुलसीपुर ९ निवासी २५ बर्षीय महरालाई बेलुवा स्थित गुम्वा नजिक ढुंगा प्रहार गरेर फरार रहेका उनीहरुलाई शनिबार पक्राउ गरिएको हो । अनुसन्धान क्रममा दोसी देखिए सार्वजनिक मुद्दा चलाउने बताए ।
महराकी श्रीमति र भाउजु गुम्वा नजिक घुम्न गएको अबस्थामा ८÷१० जना केटाहरुले जिस्काउनुकासाथै अभद्र व्यबहार गरेपछि अबस्था बुझ्न उनी सोही ठाउँ गएको अबस्थामा ढुंगा प्रहार गर्नुकासाथै गाली गलौज गरेको पीडित महराले बताए । उनको टाउकोमा चोट लागेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि प्रहरी संगठनले दुई साताभित्र नयाँ प्रमुख पाउने भएको छ। त्यसपछिको नेतृत्वका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखिएका छन्। एउटै विज्ञापनबाट तेस्रो आईजीपी नेपाल प्रहरीले सामान्यतया एउटै विज्ञापनबाट भर्ना भएका टोलीमध्ये […]

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

error: Content is protected !!