१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

घर भित्र राखेको मोटरसाइकल धमाधम चोरी प्रहरी खोज्दै चोरलाई

Logo
प्रकाशित सोमबार, पुष २०, २०७७


(महेन्द्र सिंह) बाँके । नेपालगन्ज घरभित्र राखेका मोटरसाइकल धमाधम चोरी भइरहेका छन् । कलाकार सुन्दर गुरुङको छोराले चढ्ने कालोमा निलो धर्का भएको १५० सीसीको भे १० प ३५३४ नम्बरको पल्सर बाइक भृकुटीनगरबाट चोरी भएको छ । राती ८-९ बजेको बीचमा मोटरसाइकल चोरी भएको थियो । आफन्तीको घरमा जादा घर अगाडि सडकछेउमा राखिएको मोटरसाइकल चोरी भएको गुरुङले जानकारी दिनुभयो ।
केही दिनअघि पत्रकार जीवन पाण्डेको घरबाटै मोटरसाइकल चोरी भएको छ । गेटको ढोकामा भित्रबाट चुुक्कुल लगाएर भित्र राखिएको मोटरसाइकल राती चोरी भएको पाण्डेले बताउनुभयो ।
भृकुटीनगरका चन्द्र श्रेष्ठको पनि मोटरसाइकल चोरी भएको छ । पछिल्लो दिनमा नेपालगञ्जमा मोटरसाइकल चोरीका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेमा मोटरसाइकल चोरी भएपछि उजुरी दिन जाने पीडितको संख्या बढ्दो रहेको छ । केही दिनयतै ५ वटा मोटरसाइकल चोरी भएको उजुरी पुगेको छ । यता भरी बाँके प्रहरीले खोज्दै छौ भनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।

(एबिसि संचार ) कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिनसहित पक्राउ परेका छन्। 

(एबिसि संचार ) कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ। डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो। डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले चितुवालाई बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापामाथि आक्रमण गरेको बताए। बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो।