२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

कोटेश्वरबाट १ राउण्ड गोलीसहित पेस्तोल बरामद

Logo
प्रकाशित सोमबार, पुष २०, २०७७

ABC (क्राईमबिट)
काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वरबाट गोली लोड गरिएको १ थान कटुवा पेस्तोल आइतबार प्रहरीले बरामद गरेको छ ।

कोटेश्वर चोक नजिक बाटोमा अपरिचित व्यक्तिले भक्तपुर बस्ने सिन्धुली घर भएका २५ वर्षीय पुरुषलाई कटुवा पेस्तोल देखाई मोबाइल लुटने क्रममा प्रतिवाद गर्दा कटुवा पेस्तोल भुँईमा झरेपछि उनी जडिबुटीतर्फ फरार भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उक्त पेस्तोल बरामद गरेको हो । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!