०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

१० महिना पछी लाइसेन्सको लागि प्रयोगात्मक परीक्षा

Logo
प्रकाशित सोमबार, पुष २०, २०७७

 

(ABC Sanchar)
काठमाडौँ । ठुलो भर्याङ्गमा नौ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आइतबार बाट सञ्चालन ल्याएको छ ।

यातायात व्यवस्था कार्यालय ठुलो भर्याङ्गले कोनोराका कारण रोकिएको प्रयोगात्मक परिक्षा (ट्रायल) चन्द्रागिरिमा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.ली गुर्जुधारामा सुरू गरेको हो । उपत्यकामै कोरोना पछि आज आइतबार पहिलो पटक सेवा आरम्भ गरिएको ठुलो भर्याङ्ग कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख सञ्जय थापाले कोभिड १९ ले गर्दा रोकिएको फारम भरेका लिखित परीक्षा पास भएका तर परीक्षा दिन नपाएका परिक्षार्थीहरू ८१५ जनाले रहेको मध्य उनीहरूको पालो अनुसार ट्रायल दिने व्यवस्था मिलाईएको बताए । कार्यालय प्रमुख थापाले भने, ‘हामीले कोभिडको जोखिमलाई न्युनिकरण गर्न उच्च मापदण्ड तय तरेका छौँ, हाम्रो ट्रायल परीक्षा गुर्जुधाराको भेहिकल भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर गुर्जुधारामा हुन्छ । तीन चरणको परिक्षार्थी कक्ष रहेको छ ।’ एक चोटीमा तीन ओटा कक्षमा १०(१० जनाको बस्ने र पालो अनुसार मास्क र सेनेट्राईजर हातमा र गाडीको स्टेरिङ्गमा लगाए पछि मात्र परीक्षा दिन पाइने छ ।
भौतिक योजना तथा यातायात मनत्रालय बागमती प्रदेशका अधिकृत प्रकाश अधिकारीका अनुसार ठूलो भर्याङ्ग अन्तर्गत भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.ली गुर्जुधारामा रहेको ट्रायल सेन्टरमा आम नागरिकहरूका लागि व्यवस्थित तरिकाले ट्रायल दिने व्यवस्था मिलाइएको बताए ।

९ महिनादेखि रोकिएको परीक्षा सञ्चालन भएपछि आम सेवाग्राहीहरू पनि खुशी ब्यत्त गरेका छन् । आजैबाट कार्यालयले नयाँ दर्ता भिजिट मिति समेत तय गरेको छ । दैनिक ठुला साना गरी ३ सय जनाले अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको ठुलो भर्याङ्ग जनाएको छ । सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर मन्त्रालयले सातै प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको थियो । लकडाउन अगाडि लिखित परीक्षा दिएर पनि ट्रायल दिन नपाएपछि व्यापक जनगुनासो बढेको थियो ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङको स्वीकृतिमा सञ्चालित नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ। एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए।

यो पनि पढ्नुहोस
प्रतिनिधिसभा विघटनबारे राय दिन पाँच जना ‘एमिकस क्युरी’ चयन
उनले भने, ‘प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी अनिवार्य कायम गरिएको छ। ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।’ सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए।

उनले भने, ‘न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ । निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो।’

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक सङ्कट परेको जनाइएको छ । सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमीले चरम आर्थिक समस्यामा परेको हो। ‘सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र प्रयोगात्मक परीक्षा पुनः सञ्चालन सुरु गरेका हौँ । हामी चरम आर्थिक सङ्कटमा छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ’, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने ।

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा चन्द्रागिरि नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा एक लाख आर्थिक सहयोग समेत गरेको थियो। एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको जानकारी दिए।
उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गरिँदै आएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!