२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

एसपी राना आएदेखि विभिन्न अपराधिक घटनाका फरार धमाधम पक्राउ

Logo
प्रकाशित सोमबार, पुष २०, २०७७

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय, बाँकेले पत्रकार सम्मेलन गरेर कटुवा पेस्तोलसहित दिपककुमार चौधरी (बर्मा) र मोटरसाइकल चोर पक्राउ, फरार अभियुक्त, भन्सार चोरी पैठारीको सामन बरामद, हराएको मोबाइल फेलादेखि मादक पदार्थ सेवन गरी सवारी चलाउने माथि कारबाही गरेको जानकारी दिएको छ ।
प्रहरीले चौधरी (बर्मा) लाई पसलमा बसिरहेको बेलामा खानतलासी गर्दा कम्मरको दायाभागमा पेस्तोल बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले ६ महिनामा ५ थान भरुवा बन्दुक, तीन थान कटुवा पेस्तोल र १० राउण्ड गोली बरामद गरेको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा २७ वटा मोटरसाइकल चोरी भएकोमा ७ वटा फेला पारेको जानकारी दिएको छ । २० वटाको खोजी भइरहेको छ ।
तीन जना फरार अभियुक्त  र हालसम्म ४ सय ७८ जनालाई पक्राउ गरेको छ ।
चालु आर्थिक वर्षमा एक करोड ८० लाख ७२ हजार २ सय ७८ रुपैया बराबरको राजश्व संकलन गरेको जनाएको छ । एसपी रानाका अनुसार, २ सय ३६ वटा मोबाइल हराएको निवेदन परेकोमा ५५ वटा फेला परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!