२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

एसपी राना तालिम प्राप्त प्रहरी कुकुरसहित नाकामा छ्ड्के चेकजाँचमा

Logo
प्रकाशित मंगलबार, पुष २१, २०७७


(महेन्द्र सिंह)
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले नेपाल भारत सिमामा निगरानी बढाएको छ । देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै बाँके प्रहरीले जमुना नाकामा कडा चेकजाँच र निगारानी बढाएको छ ।
मंगलबार बिहान् नेपालगन्जको जमुनाह नाकामा आफै चेकजाँचमा खटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी अहोरात्र खटिएको बताए । तालिम प्राप्त प्रहरी कुकुरसहित चेकजाँचमा खटिएका एसपी रानाले हातहतियार तथा लागू औषध नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिएको बताउनुभयो ।

पछिल्लो समय देशको राजनीतिक अबस्था घटनाले हातहतियारको ओसारपसार हुने सक्ने भन्दै यसलाई निस्तेज पार्न नाकामा तीब्र कडाइ गरिएको छ । नेपाल भारतको बाँके खण्ड ७९ किलोमीटर खुला सिमा रहेकाले त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिएको एसपी रानाले बताउनुभयो । दुई देशबीच खुला सिमाको फाइदा उठाउदै अपराधीहरुले अपराध गर्न सक्ने भएकाले दुबै देशका सुरक्षाकर्मिहरु मिलेर त्यसलाई निरुत्साहित पार्ने काम भैरहेको पनि बताउनुभयो । बाँकेमा खुला सिमानाका कारण लागू औषधको कारोबार तथा ओसारपसार रोकन प्रहरीलाई चुनौतीपुर्ण रहेको एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!