२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोहलपुरका डिएसपी चंन्दको काठमाडौं सरुवा

Logo
प्रकाशित मंगलबार, पुष २१, २०७७

कोहलपुरका डिएसपी चंन्दको काठमाडौं सरुवा  (महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदीप चन्दको सरुवा भएकोछ । चन्दको महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महासशाखा रानीपोखरीमा सरुवा भएको हो ।

चन्दको सरुवा भएको प्रहरी प्रधान कार्यालयले मङ्गलबार जारी सूचनामा उल्लेछ । प्रधान कार्यालयले देशभर ६९ जना (डीएसपी) को सरुवा गरेको सूचनामा उल्लेखछ ।

उनको ठाँउमा रविन्द्र खनाल सरुवा भएका छन् । खनाल महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानीपोखरी काठमाण्डौमा रहेको थिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत डिएसपी योगेन्द्र कुमार खड्काको स्थानमा हेमबहादुर शाही आउने भएकाछन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहतमा कार्यरत शाहीको सरुवा भएको हो । यता बर्दियाका डिएसपी खड्काको लागुऔषध नियन्त्रण ब्यूरो काठमाण्डौ सरुवा भएकोछ ।

यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनी झापामा कार्यररत डिएसपी मुकुन्द प्रसाद रिजालको जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएकोछ । जिल्ला प्रहरी कार्यलय दाङमा कार्यरत डिएसपी सुमित खड्काको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाण्डौ सरुवा भएकोछ ।

प्रहरी महानिरीक्षकको निर्णयबाट डीएसपीको सरुवा गरिएको सूचनामा उल्लेख छ । सरुवा माघ महिनादेखि लागू हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!