०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

बैशाख १७ र २७ गते निर्वाचनको तयारीमा नेपाल प्रहरी सुरक्षा कडा

Logo
प्रकाशित शुक्रबार, पुष २४, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले आगामी बैशाखमा घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गदै नेपाल प्रहरीले तयारी तीब्र पारेको छ । प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एआईजी विश्वराज पोख्रेलको नेतृत्वमा चुनावी सुरक्षा रणनीतिको खाका बनाउने काम सुरु भएको छ ।

यही पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै सरकारले आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रारम्भिक खाका बनाउन सुरु गरेको हो ।
चुनावी सुरक्षाका लागि आवश्यक पर्ने सामग्री, जनशक्ति, संवेदनशील क्षेत्रहरुको पहिचान लगायतको काम सुरु गरिएको एआईजी पोखरेलले बताए । विगतको चुनावी सुरक्षा रणनीतिलाई आधार मान्दै आगामी चुनावको सुरक्षा रणनीतिको खाका बनाउन सुरु गरिएको उनको भनाई छ ।
यस पटकको चुनावमा पनि प्रहरी प्रधान कार्यालयले प्रतिवन्धित नेत्रविक्रम चन्द समूहलाई चुनौती ठानेको छ । अघिल्लो चुनावमा पनि प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले बम विष्फोट, उम्मेद्वार लक्षित आक्रमण गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]