१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

प्रहरीले काठमाडौंबाट ३ किलो चरेशसहित २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसबाट ३ किलो अवैध लागूऔषध चरेशसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ गाईघाट ठेगाना भएका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका-७ लुहाम ठेगाना भएका २४ वर्षीय कुमार बिक रहेका छन् ।

गेष्ट हाउसमा लागूऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा कालो झोलाभित्र लुकाई राखेको उक्त चरेशसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथलीको बागमती किनारमा वर्षौंदेखि रहेका टिन-त्रिपालका घरहरू अहिले खाली छन्। २०८२ वैशाखमा सरकारले दिएको २ दिने सूचनापछि सुरक्षाकर्मीको उपस्थितिमा बस्ती खाली गरिएको हो। *के भयो खाली गरेपछि:* 1. *बस्तीको अवस्था*: साँघुरा गल्ली, नीलो त्रिपालका छाप्रा र भिडभाड अब हटेको छ। ठाउँ अहिले खुला छ, तर अधिकांश संरचना भत्काइएको छ । 2. *कसलाई हटाइयो […]

बाँके । सामुदायिक प्रहरी सेवा केन्द्र, ई.प्र.का. कोहलपुरमा कार्यरत *प्रहरी निरीक्षक सानु श्रेष्ठ* र सामुदायिक प्रहरी सेवा केन्द्रका शाखा प्रमुख *प्रहरी निरीक्षक ज्ञानु माया थनेत* लाई स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रमको आयोजना सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका *अध्यक्ष दीपेन्द्र कुमार जोशी*ले गरेका हुन्। कार्यक्रमले प्रहरी र समुदायबीचको समन्वय, सहकार्य र विश्वास […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

error: Content is protected !!