३२ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

प्रहरीले काठमाडौंबाट ३ किलो चरेशसहित २ जना पक्राउ

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसबाट ३ किलो अवैध लागूऔषध चरेशसहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ गाईघाट ठेगाना भएका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका-७ लुहाम ठेगाना भएका २४ वर्षीय कुमार बिक रहेका छन् ।

गेष्ट हाउसमा लागूऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा कालो झोलाभित्र लुकाई राखेको उक्त चरेशसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४२ वर्षीया रिता लामिछानेलाई क्रुरतापूर्वक हत्या गरेको कसुर ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का ३८ वर्षीय टेकबहादुर हमाललाई आजीवन कारावासको सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले सोमबार हमाललाई आजीवन कारावास र पाँच लाख जरिवाना गर्ने फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । हमालले […]

दाङ । दुर्घटनामा परी गढवा गाउँपालिका– ८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसाहिमा डेरा गरी बस्ने १८ वर्षीय रोहित बिक र १६ वर्षीय निशान बिकको मृत्यु भएको हो ।दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । […]

error: Content is protected !!