०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

प्रतिनिधिसभा पुनः स्थापनाको सम्भावना छैन : गृहमन्त्री थापा

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

 

(ABC Sanchar)
काठमाडौं गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताएका छन।

नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा आज आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले अस्थिरता नभई स्थायीत्व चाहेको र समाजवाद एवं समृद्धिको पक्षमा जनता रहेको हुँदा सबैले ताजा जनादेश चाहेको उल्लेख गरे।

आम नागरिकले स्थायी सरकार चाहेको र नतिजामुखी काम गर्ने समयमा सरकार ढाल्नका लागि पार्टीभित्रैबाट चलखेल गर्ने, आरोपपात्र दर्ता गराउने, आफ्नै सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउनेजस्ता गतिविधिले पार्टीमा फुटको स्थिति आएको वताउँदै गृहमन्त्री थापाले अव राष्ट्रियताको नारा लिएर ताजा जनादेशमा जाने बताए।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले देशमा अस्थिरता खोज्ने तथा देशको विकास र सम्वृद्धि नचाहने तत्वले प्रधानमन्त्री विरुद्ध चालेको कदम गलत भएका कारण यो अवस्थाको सिर्जना भएको बताए।

उनले पार्टी भित्रैबाट केही समयदेखि सरकारका राम्रा कामको प्रचारभन्दा पनि विरोध र सरकारमा सङ्कट उत्पन्न गराउने काम भएको आरोप लगाउनुहुँदै त्यसैले ताजा जनादेशमा जान लागेको बताए।

सरकार किन यो अवस्थासम्म पुग्यो भन्ने कुरा आम नागरिकलाई स्पष्ट भएको र कसरी सङ्कट उत्पन्न भयो भन्ने। बारेमा गम्भीर भएर सोच्न आम कार्यकर्तालाई मन्त्री गुरुङ्ले आग्रह गरे।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]