२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

बाँके प्रहरीले ठूलो मात्रामा गाडीसहित माछा पक्राउ

Logo
प्रकाशित आइतबार, पुष २६, २०७७

(महेन्द्र सिंह)
बाँके। वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख डिल्ली खड्का अवैध तस्करविरुद्ध निर्मम बनेका छन् । उनले नगरको शान्ति सुरक्षालाई मजबुद बनाउँदै चोरी तस्करी गर्नेहरु विरुद्ध निर्मम बनेका हुन् । उनको कमाण्डमा दैनिकजस्तो अवैध सामान बरामद हुन थालेपछि तस्करहरु भागाभाग हुन थालेका छन् ।
उनले भारतबाट नेपाल भित्र्याइएको ठूलो परिमाणको प्रतिबन्धित माछा नेपालगन्जमा बरामद गरेका छन् । लु १ च ७३४० नम्वरको टाटा पिकअपमा गोरुसिंगेबाट नेपालगन्ज हुँदै सुर्खेत लैजान लागिएको अवस्थामा राती १ बजेतिर १२ क्विन्टल माछा बरामदसहित पिकअप भ्यान बरामद गरिएको छ ।

अवैध रुपमा नेपालगञ्ज हुँदै सुर्खेत लैजादै गरिएको १२ क्विन्टल माछा नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि नेपालगञ्ज क्वारेन्टाइन कार्यालय बुझाइएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको उक्त १२ क्विन्टल अवैध माछाको खरिद प्रक्रियाको कागजात नमिलेको प्रमुख खडका ले बताए ।
अवैध तस्करविरुद्ध कुनै सम्झौता हुँदैन उनले भनेका छन् । भारतबाट अवैधरुपमा माछाहरु आउने गरेका कारण नेपाली माछा पालन किसानहरु मर्कामा छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले समेत प्रमुख खड्काको कामको प्रशंसा गर्दै उनको सक्रियताले माछा बरामद भएको उल्लेख गरेका छन् ।
खड्काको नेतृत्वमा भारतबाट हुने माछा मासुको अवैध तस्करी रोकिन थालेपछि नेपाली किसान खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!