२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बाँके प्रहरीले माननन्धर हत्याका फरार अभियुक्त पक्राउ गरि सार्वजनिक

Logo
प्रकाशित मंगलबार, पुष २८, २०७७

(महेन्द्र सिंह)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँके प्रहरीले चेतन मानन्धर हत्यामा संलग्न नेपालगन्जका हरि वली पक्राउ परेका छन्। नेपालगन्ज १२ सुर्खेतरोडमा ७२ साल असार २८ गते नेपालगन्ज ८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न नेपालगन्ज १८ का ३० वर्षीय वलीलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गरज जानकारी दिनुभएको छ । वलीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकेका थियो । त्यसलगत्तै उनी फरार थिए ।

यस्तै लाठी प्रहार गरी भाइको हत्या आरोपमा संलग्नल इसराइल खाँ पनि पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका ४ का ३० वर्षीय खाँ ले १७ वर्षीय भाइ रहिसको हत्या गरेका थिए । आपसी रिसिवीमा उनले सामुदायिक वनमा भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउन सुगरसहित विराट भनिने पदम मल्ल पक्राउ परेका छन् । बाँकेका एसपी ओम रानाका अनुसार, राँझा विमानस्थलबाट मुगु छायाँनाथ नगरपालिका २ का २४ वर्षीय मल्ललाई ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!