२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एआइजी पोखरेललाई निर्वाचन तयारी समितीको सुरक्षाको जिम्मा

Logo
प्रकाशित बुधबार, पुष २९, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीले मध्यावधि निर्वाचनको चुनावी नेतृत्वको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेललाई दिएको छ । १७ र २७ बैशाखमा सम्पन्न गर्ने गरी सरकारले निर्वाचनको मिति तोकिसकेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले एआइजी पोखरेलको नेतृत्वमा डिआइजीसहित ३७ जना सदस्य रहने गरी केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको हो । समितिमा डिआइजीहरु दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ समेत छन् । समितिको नेतृत्व पाएका एआइजी पोखरेलले निर्वाचनका लागि आवश्यक पर्ने शान्ति सुरक्षाको योजना, रणनीति देखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधन देखि आर्थिक व्यवस्थापनसम्मको खाका बनाउने काम भइरहेको जानकारी दिए । ‘निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति, योजना देखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधनका विषयमा प्रारम्भिक अध्ययनको काम सुरु भएको छ,’ एआइजी पोखरेलले भने । यसैगरी समितिले निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति परिचालनका विषयमा समेत तयारी गर्ने छ । यस्तै म्यादी प्रहरी भर्नाका लागि आवश्यक पर्ने खाका समेत तयार गर्ने छ । त्यसका लागि निर्वाचन आयोगले मतदान केन्द्र तथा मतदानस्थलको पुनरावलोकनको काम सकेपछि निणर्य हुने छ । हाल निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण तथा पुनरावलोकनको काम गरिरहेको छ । समितिले बनाएको प्रारम्भिक खाकाका आधारमा नेपाल प्रहरीले सरकारसँग निर्वाचनका लागि आवश्यक पर्ने रकम देखि साधन स्रोत माग गर्नेछ । यस्तै प्रहरीका तर्फबाट निर्वाचनका लागि हुने हरेक गतिविधि पोखरेल नेतृत्वको समितिमार्फत नै हुने छ । यसअघि गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभानगको नेतृत्वलाई निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!