२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

एआइजी पोखरेललाई निर्वाचन तयारी समितीको सुरक्षाको जिम्मा

Logo
प्रकाशित बुधबार, पुष २९, २०७७

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीले मध्यावधि निर्वाचनको चुनावी नेतृत्वको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेललाई दिएको छ । १७ र २७ बैशाखमा सम्पन्न गर्ने गरी सरकारले निर्वाचनको मिति तोकिसकेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले एआइजी पोखरेलको नेतृत्वमा डिआइजीसहित ३७ जना सदस्य रहने गरी केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरेको हो । समितिमा डिआइजीहरु दिवेश लोहनी र सुनिलकुमार श्रेष्ठ समेत छन् । समितिको नेतृत्व पाएका एआइजी पोखरेलले निर्वाचनका लागि आवश्यक पर्ने शान्ति सुरक्षाको योजना, रणनीति देखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधन देखि आर्थिक व्यवस्थापनसम्मको खाका बनाउने काम भइरहेको जानकारी दिए । ‘निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति, योजना देखि जनशक्ति परिचालन र आवश्यक पर्ने स्रोत साधनका विषयमा प्रारम्भिक अध्ययनको काम सुरु भएको छ,’ एआइजी पोखरेलले भने । यसैगरी समितिले निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति परिचालनका विषयमा समेत तयारी गर्ने छ । यस्तै म्यादी प्रहरी भर्नाका लागि आवश्यक पर्ने खाका समेत तयार गर्ने छ । त्यसका लागि निर्वाचन आयोगले मतदान केन्द्र तथा मतदानस्थलको पुनरावलोकनको काम सकेपछि निणर्य हुने छ । हाल निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण तथा पुनरावलोकनको काम गरिरहेको छ । समितिले बनाएको प्रारम्भिक खाकाका आधारमा नेपाल प्रहरीले सरकारसँग निर्वाचनका लागि आवश्यक पर्ने रकम देखि साधन स्रोत माग गर्नेछ । यस्तै प्रहरीका तर्फबाट निर्वाचनका लागि हुने हरेक गतिविधि पोखरेल नेतृत्वको समितिमार्फत नै हुने छ । यसअघि गृहमन्त्रालयले निर्वाचनको सुरक्षा रणनीति बनाएर आवश्यक तयारीमा जुट्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभानगको नेतृत्वलाई निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!