०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

दाङको दुईवटा कारागारहरुको सिडियो सहितको अनुगमन

Logo
प्रकाशित बिहिबार, माघ ०१, २०७७

(तेज वली) दाङ। तुल्सीपुर जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अनुगमन गरेका छन् । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीले कैदी बस्ने सबै कोठामा पुगेर कैदीबन्दिहरुको बारेमा जानकारि लिएका थिए । कारागारहरुका कैदीबन्दीहरुको बस्न र खानको अबस्थाका बारेमा अनुगमन गरिएको हो ।

साथै प्रशासनिक र ब्यक्तिगत समस्याहरु समाधान गर्न आफुले सहयोगिको भुमिका निर्बाह गर्ने प्रतिबद्दता ब्यक्त गरे । सो अबसरमा बन्दिहरुका चौकिदारहरुले लाईब्रेरिमा प्रयाप्त किताबहरु नभएको,खेल सामाग्रिको कमि भएको,खानेपानीको ब्यबस्थापन गर्नुपर्ने र तुलसीपुरमा भएको पुरानो कारागारमा पानि चुहिने समस्या भएको हुदा बस्न कठिनाई रहेको लगायतका समस्याहरु राखेका थिए । यस्तै उनीहरुले कारागारभित्र सुधारिएको चुलो ब्यबस्थापन हुन नसक्दा बिभिन्न स्वास्थ्य समस्याहरु झेल्नुपरेको बताएका थिए । सो अबसरमा मुलुकी ऐन लागु भैसकेको अबश्थामा पनि कारागार प्रशासनमा केहि सुधार हुन नसक्नु दुखद भएको बताएका थिए । ६ महिना कैद बाकि रहेका बन्दिहरुलाई निर्माण ,सिपमुलक र उत्पादनमा लगाउनुपर्ने प्राबधान कानुनमा रहेपनि अहिले सम्म यो कानुन कार्यान्वयन हुन नसक्नु बन्दिहरुका लागि दुखको कुरा रहेको बताएका थिए । ।

कारागारमा सुधारिएको चुल्हो
यसैबिच कारागारमा सुधारिएको चुल्हो ब्यबस्थापन गर्न जिल्ला प्रशासन कार्याल दागले केन्द्रमा सिफारिस गरेको छ । यस अघि परम्परागतरुपमा चलि आएको दाउराबाट खाना पकाउने काम भैरहेको थियो जसबाट कारागार भित्र बिभिन्न समस्याहरु उत्पन्न भएपछि जिल्लाका दुईवटै कैरागारहरुमा दाउरा बिस्थापित गरेर ग्यास र ईलेक्ट्रिक चुल्होको ब्यबस्थापन गर्न बिभागमा सिफारिस गरिएको प्रजिअ आचार्यले जानकारि दिए । उनका अनुसार कारागारहरुमा आबश्यक पर्ने अन्य कुराहरु बिभागमा लिखितरुपमा पेश गरेर नितिगत रुपमै समाधान गर्ने तर्फ आफु लागिपरेको समेत बताए ।

बन्दिहरुलाई खेल सामाग्रि हस्तान्त्रण
प्रमुख जिल्ला अधिकारि आचार्यको अनुरोधमा दागमा रहेका दुई कारागारहरुमा खेल सामाग्रिहरु हस्तान्त्रण गरिएको छ ।
फुटबल,भलिबल,ब्याटम्यान्टिन र नेट सहितका खेल सामाग्रिहरु प्रमुख जिल्ला अधिकारि मार्फत कारागारहरुमा प्रदान गरिएको थियो । सो अबसरमा जिल्ला प्रहरि कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्द,तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजाल, रिपोटर्स क्लब दागका अध्यक्ष शरद रेग्मीलगायतको सहभागिता रहेको थियो । तुलसीपुर कारागारमा चार सय ८४ जनार घोराहि कारागारमा पनि सोहि हाराहारिमा कैदिहरु बिभिन्न मुद्दामा कैद सजाय भोगिरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!