(सागर थापा/महेन्द्र सिंह) बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुखको रुपमा कार्यरत रही अपराध अनुसन्धान,शान्ति सुरक्षा, प्रहरी परिचालन लगायतका अन्य प्रहरी कार्यमा उत्कृष्ट तवरले जिम्मेवारी वहन गर्नु भएका साबिक ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके दरबन्दी भई तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौंको पत्रादेशले तालुक महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा रानीपोखरी काठमाण्डौं सरुवा भई जान लाग्नु भएका डिएसपी कुलदिप चन्दलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईमा कार्यरत सिनियर प्रहरी अधिकृत समेतको उपस्थिति रहेको थियो । उपस्थित सम्पुर्णले डिएसपी कुलदिप चन्दलाई आगामि कार्यकालको शुभकामना समेत प्रदान गर्नु भएको थियो ।