०२ चैत्र २०८१, आइतबार
16-03-2025 , Sun
×

एक बैंकको एटिएम अर्को बुथमा प्रयोग गरे अबदेखि पैसा लाग्ने

Logo
प्रकाशित शुक्रबार, माघ ०२, २०७७

( ABC Ssanchar)
काठमाडौं । माघ १ गतेबाट एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएममा प्रयोग गरे पैसा लाग्ने भएको छ।

यसअघि कोरोना महामारीको बेला भन्दै राष्ट्र बैंकले जुनसुकै बैंकको एटिएम बुथ प्रयोग गर्दा पनि पैसा नलाग्ने जनाएको थियो।

राष्ट्र बैंकले पुस २३ गते नै भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेसँगै आजदेखि अन्य बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको हो।

यद्यपि महिनामा दुई पटक मात्रै प्रयोग गर्दा भने निस्शुल्क गर्नुपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

दुई पटकभन्दा बढी कारोबारमा प्रति कारोबार २० रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन सामान्य रहनेछ। श्रमको फल खोज्ने जमात सक्रिय भएकाले व्यवहार गर्दा सचेत रहनुहोस्। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुन सक्ने भएकाले सतर्क रहनु उचित हुनेछ।  वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। […]

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय […]

  दाङ । तुल्सीपुर मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई तुलसीपुर उपमहानगरपालिका ९ गौरी शङ्कर टोलमा अन्टीको कोठामा बस्ने ११ वर्षकी दिपशिखा ओली रहेको प्रहरीले जनाएको छ । अन्टी सङ्गीता खड्काको कोठामा बस्ने दुर्गा प्रसाद ओलीको छोरी दिपशिखालाई बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा टाउको र मुखमा चोट लागेको थियो । उनको घटनास्थलमै […]

error: Content is protected !!