१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

बाँके ट्राफिकको आयोजनामा सर्बसाधारणलाई ट्राफिक नियमबारे प्रशिक्षण

Logo
प्रकाशित शुक्रबार, माघ ०२, २०७७


(महेन्द्र सिंह)
बाँके । जिल्ला ट्राफिक प्रहरी बाँकेले सवारी चालकलाई मात्र नभई सर्बसाधारणलाई समेत ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ ।

दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको कार्यक्रम अनुसार अस्थाई ट्राफिक प्रहरी पोष्ट उत्तर चिसापानीले आज बिहान बैजनाथ गाउँपालिका वडा नम्बर ३ स्थित बानियाभार प्रहरी बिटमा २५ जना सर्बसाधारणलाई ट्राफिक ऐन नियम र सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश झल्किने प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख राजु भण्डारीले जानकारी दिनुभएको छ ।
प्रशिक्षण पश्चात् सर्बसाधारणहरुले अबका दिनमा आफूले सिकेको कुराको पालना गर्नुका साथै अन्यलाई पनि ट्राफिक नियमबारे जानकारी गराइने बताएका थिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!