१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

नेतासहित २२० जना उच्च पदस्थको सम्पत्ति छानबिनको सिफारिस

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

 

(ABC Sanchar)
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् ।
उनीहरुले कमाएको अकुत सम्पत्तिको अनुसन्धान गरी केही मुद्दा दायर गर्ने तयारी रहेको विभागले जनाएको छ ।
१ हजार ३०० उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकारी सुशील प्रसाद आचार्यले बताए । अन्नपूर्णपोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]