२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पाइप लाइनबाट डिजेल चोरीको प्रयास

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

 

(ABC Sanchar)
काठमाडौं । नेपाल आयल निगमले मोतिहारी अमलेखगञ्ज–पेट्रोलियम पाइप लाइनबाट डिजेल चोरीको प्रयास भएको तर कुनै क्षति हुन नपाएको जनाएको छ । निगमले शुक्रबार विज्ञप्ति जारी गरी नेपाल आयल निगमलाई कुनै क्षति नभएको र पाइप लाइनबाट नियमति आयात भइरहेको जनाएको हो ।
पाइप लाइनको भारततर्फ बिहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिक डिजल चोरीको प्रयास भए पनि कुनै क्षति नभएको इन्डियन आयल कर्पोरेसनको मोतिहारी कार्यालयले जनाएको निगमले विज्ञप्तिमा उल्लेख छ । घटनास्थल रक्सौल नाकादेखि करिब एक सय किलोमिटर भित्र रहेको जनाइएको छ । पाइप लाइनबाट नियमित रूपमा दुई लाख ५० हजार लिटर प्रतिघण्टाका दरले आयात भइरहेको निगमले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]