०८ भाद्र २०८२, आइतबार
24-08-2025 , Sun
×

भारतीय सिमामा एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

ABC (क्राईमबिट)
महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने सडकघाटमा नेपाली भुमिमा नेपाली किसानले लगाएको उखुको ढुवानीमा रोक लगाएको हो ।

बेलौरी नगरपालिका वडा न. १० को सडकघाटमा रहेको सिमा स्तम्भ न. ३५ को नजिकमा भारतीय पक्षले सिमामा रहेको बाटो प्रयोग गर्न नदिएका कारण किसानहरुले काटेको उखु मिलमा लैजान नपाउदा त्यस क्षेत्रका किसान पिडित बनेका छ्न । नेपाल भारत सिमानामा दसगजा नो मेन्सलेण्डको एकिन नभएको कारण हालसम्म नेपाली र भारतीय किसानहरुले प्रयोग गर्दै आएको बाटोलाई अहिले नो मेन्सलेण्ड हो भन्दै कृषि कामको लागि प्रयोग गर्न नदिने भन्दै भारतीय एसएसबि ले उखु ढुवानीमा रोक लगाएको छ ।
सिमाको ३५ नम्बर पिल्लर संगै रहेका खेतको उखु ढुवानी गर्न नपाउदा नेपाली किसान पिडित बनेका छ्न । भारतीय सिमा सुरक्षा बलएसएसबिले दसगजा क्षेत्रबाट कसैलाइ पनि प्रयोग गर्न नदिने भन्दै उखु ढुवानीमा रोक लगाएको बिओपी भुडाका ससस्त्र प्रहरी निरीक्षक गोबिन्द थापाले बताए । भारतीय सिमा सुरक्षा बल एसएसबिले सडघाटका स्थानीय राम बहादुर बिक, लोकमणि अर्याल, अमर चन्द र बिनोद लम्सालका खेतमा रहेको तीन दिन अघि काटेको उखु नजिकै रहेको महाकाली सुगर इन्डश्ट्रीमा लैजान अवरोध गरेकाे छ । ३५ नम्बर पिल्लर संगै रहेको झन्डै ५/६ बिगाहा खेतमा रहेको नेपाली किसानको खेतमा रहेको उखु कसरी ढुवानी गर्ने बारे किसान अन्यौलमा रहेका छ्न । “तीन दिन भयो उखु काटेको खेतमै ट्रलीमा लोड छ तर बोक्न दिदैन एसएसबिले सडकमा समेत हिन्न दिदैन भन्दै दुख पोखे नेपाली किसान राम बहादुर बिकले ।

नेपाल भारत सिमा दसगजा ( नो मेन्सलेण्ड)को यकिन न भएका बेला भारतिय पक्ष द्वारा एकलौटी रुपमा प्रयोग गर्न नपाउने भन्दै रोक लगाउनु पुर्वाग्रह पुर्ण र हेपाहा प्रबृती रहेको अन्तर्राष्ट्रिय सिमा सरोकार समुहका संयोजक पल्लब राज भट्ट्ले बताए । ” दुबै देश बिच सिमांकन बारे भएको सम्झौता अनुसार सिमांकनको बारे पुर्ण सहमति भइ कार्यान्वयन नहुदा सम्म “स्टाटस-को” मा राख्ने ब्यवस्था अनुसार पनि सिमा विवादको टुंगो नलागुन्जेल सम्म जुन रुपमा प्रयोग भएको छ, त्यही रुपमा प्रयोग गरि राख्ने भनिएको छ ।” उनले भने । सडकघाट, भुडा क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजिएको स्ट्रीप नक्सामा भने झन्डै सिमा १५० मिटर भारततिर पर्ने देखिएको छ । यसर्थ अहिले भनिएको नो मेन्सलेण्ड यकिन यहि हो भन्न नसकिएको उनले बताए ।

यो पनि पढ्नुहोस
सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द
हाल सम्म दुबै पक्षले प्रयोग गरि आएको बाटोलाई स्थानीय किसानहरुले कृषि कार्यका लागि प्रयोग गर्न पाउनु पर्ने माग राखेर स्थानीय सरकारले सिमामा रहेका भारतीय सुरक्षा निकाय संग स्पष्ट कुरा राखी तत्काल नेपाली किसानलाइ उखु ढुवानीमा सहजता गर्न अनुरोध गर्नु भएको छ ।

कानुन अनुसार दुबै पक्षले नो मेन्सलेण्ड प्रयोग गर्न नपाउने भएता पनि हाल सम्म चलिआएको बाटोमा कृषि कार्यका लागि सहज गरिनु पर्ने स्थानिय किसान नेता गोपाल पन्तले बताए । भारतिय एसएस बिको ज्यादती पुर्ण व्यबहार भएको भन्दै सरकारलाइ छिटो भन्दा छिटो निकास खोज्न आग्रह गरेका छ्न । भारतिय सिमा सुरक्षा बल एस एस बि को केही दिन अघि मात्र अस्थायी बिओपी स्थापना गरेको र उक्त बिओपी लाई स्थानीय मिलेर उठाउन लगाए पछि त्यसैको रिस साध्न पनि उखु ढुवानिमा रोक लगाएको हुनु पर्ने उनले बताए ।राजधानीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । बिरगंज नारायणी अस्पतालमा उपचाररत झाडापखालाका १५ जनामध्ये शंकास्पद शनिबार ८ जनाको परीक्षण गर्दा ची मध्ये ५ जनामा हैजा पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार, हैजा पुष्टि भएका ती सबै वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीका हुन् । यस्तै अर्को एक अस्पतालमा उपचाररत थप २ जनामापनि […]

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त शव रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको हो । रुवीको विवाह भारतको मजफरपुरमा भएको स्थानीयले बताएका छन् । उनी अहिले माइती घरमै बस्दै आएकी थिइन् । रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टीमा उनको माइती घर छ । गौर नगरपालिका-९ […]

जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीद्वारा भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालय मातहत कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा डीआइजी चतुर्वेदीले मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषा, सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र आठ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय […]

error: Content is protected !!