२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

तुलसीपुरमा अटाे रिक्सामा कडा निगरानी कार्वाही गर्न DSP:सिंह सडकमा

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

(सागर थापा)
दाङ । तुलसीपुरमा नेपाल प्रहरी ट्राफिक प्रहरीले तिन पाङग्रे अटाे टेम्पाे ब्यवस्थापनमा जुटेकाे छ । तुलसीपुर क्षेत्रमा तिन पाङग्रे अटाे टेम्पाे बढी दुर्घटना हुन थालेपछि ईलाका प्रहरी कार्यालय तुलसीपुर र ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले यतिबेला चेकजाँचलाई कडाई गर्नुको साथै अटाे टेम्पाे माथि निगरानी बढाएकाे छ ।

सवारी चालक अनुमती पत्र नभएका, कागजपत्र नबिकरण नभएका, ट्राफिक नियम बिपरित सञ्चालन गरिरहेका, चालकले लगाउनु पर्ने ज्याकेट र परिचय पत्र नलगाएका,कुनै पनि संघ संस्थामा नजाेडिएका ६५ बढी अटाे टेम्पाेहरुलाई कारवाहीकाे दायरामा ल्याएकाे ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका कार्यालय प्रमुख प्र ना नि चन्द्र के‍.शीले जानकारी दिनुभयाे ।
बुधवार तुलसीपुरका बिभिन्न ठाँउहरुमा कार्यक्रमकाे आयाेजना गर्दै ईलाका प्रहरी कार्यालय तुलसीपुर, ट्राफिक प्रहरी कार्यालय तुलसीपुर र बिभिन्न यातायात प्रा लिका पदाधिकारीहरुले संयुत्त रुपमा ट्राफिक नियमकाे पालना र दुर्घटना न्युनिकरणका बिषयमा अटाे टेम्पाे चालकहरुलाई प्रशिक्षण समेत दिएका छन ।

कार्यक्रम बिच बाेल्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिब बहादुर सिंहले मादक पदार्थ सेवन गरी सवारी चलाएकाे भेटिएमा आफुले कुनै पनि किसिमकाे कम्प्रमाईज नगर्ने बताउनुभयाे, अटाेलाई घरका सदस्य जाे काेहीले पनि चलाउने गरेकाले दुर्घटना बढिरहेकाे उहाँले बताउनुभयाे । दुर्घटना न्युनिकरणमा सराेकारवाला सबैकाे सहयाेग भए सवारी दुर्घटनाबाट कसैले पनि अकालमै ज्यान गुमाउनु नपर्ने र कसैले पनि अङ्गभङ्ग हुनु नपर्नेमा उहाँले जाेड दिनुभयाे ।डिएसपी सिंहले सडककाे भगवान चालकहरुलाई बताउदै ट्राफिक नियमकाे पालना गरी सवारी चलाउन अटाे चालकहरुलाई आग्रह समेत गर्नु भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!