२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राष्ट्रिय अनुसन्धानका सहायक सूचक हत्याको अनुसन्धानको लागि १५ पक्राउ

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

 

(महेन्द्र सिंह )
बाँके । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रविन थापा मगरको हत्या घटनाको अनुसन्धानका लागि बाँके प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । उक्त घटनाको वास्तविक कारण केही दिनमै खुल्ने प्रहरीको दाबी छ ।

प्रहरीले घटनालाई राजनीतिक, तस्करी, दुस्मनी लगायतका कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानका जागिरे भएकाले अपराधिक समूहबाट हत्या भएको हुनसक्छ भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ’, बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले भने, ‘केही दिनमै घटनाको बिस्तृत अनुसन्धान पूरा हुन्छ ।’

घटनामा संलग्न व्यक्तिहरु कुनै पनि हालतमा उम्किन नपाउने उनले बताए । त्यस्तै प्रहरीले प्रविनका निकट महिला साथीहरुसँग पनि सोधपुछ गरिरहेको जनाएको छ । घटनाको प्रकृृति हेर्दा उनलाई बोलाएर सामूहिकरुपमा हत्या भएको हुनसक्ने शंका गरिएको छ । मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको प्रहरीले जनाएको छ । घटना बारे अनुसन्धान सुरु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!