२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

काङ्ग्रेस हल्दिवारीको सिटी जुलुस तथा बिरोध प्रदर्शन

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७


 (बिबेक गाहा) झापा । नेपाली काङ्ग्रेस केन्द्रीय कमिटिको निर्देशन अनुसार आज ७५३ स्थानीय तहमा सिटी जुलुश तथा बिरोध प्रदर्शन गर्दै गर्दा हल्दिबारीमा उल्लेखनीय उपस्थिति रह्यो। हल्दिबारी गाउपालिकामा रहेको ५ वट्टै वडाहरुबाट वडान.-२को खर्साङ्गचोकमा एकक्रीत भै हल्दिबारी स्कुलचोकलाइ केन्द्र बनाइ परिक्रमा गरि आयोजित उक्त सभामा नेपाली काङ्ग्रेस र विभिन्न भातृ एवम भगिनी सङ्गठनको उपस्थितिमा करीब ३०० जना भन्दा बढीको थियो। कार्यक्रममा जिल्ला का बरिस्ठ नेता भगिरथ पोद्दार,सल्लाहकार सदस्यहरु बिशिस्ट अतिथिको रुपमा तुलसी ओलि,भुपाल बस्नेत लगायत महाधिवेशन प्रतिनिधि बडाराम हेमरम पुस्तक नेपाल एवम वडा सभापति निराजन दहाल,धन बहादुर सावा,सुभाष बार्हकोटी,देबी दहाल,नेबिस नेता पारस तिम्सिना सहितको उपस्थितिमा वडान-२ का सभापति भीम फ्याकले स्वागत मन्तब्य राख्दै ओलि सरकारको गलत निर्णयविरुद्ध बोल्नुभयो। उता गलत असम्बैधानिक कदमले निम्त्याएको दुर्घटनाको कारण देशले थेग्नै नसक्ने परिस्थितिले जनता अनि गणतन्त्रप्रेमीहरुमा नैराश्यता छाएपनी सर्बोच्च को फैषला पश्चात् जनजीवनमा पुनः खुशी छाउने बिश्वास जगाउदै ओलि सरकारको कृपाबाट खुशी भएर आफ्नो कर्तब्यबाट बिमुख हुनेहरुलाइ अबिलम्ब गलत कदमलाइ सच्याउन सुझाब दिन आग्रह ने क पा(ओलि समूह)का कार्यकर्ताहरुलाइ तुलसी ओलिले अनुरोध गर्नुभयो।उता बरिस्ठ नेता पोद्दारले नेपाली काङ्ग्रेसले सभ्य प्रतिपक्षको भुमिका निर्वाह गर्दै गर्दा निदाएको सग्या नदिन र देशको बिषम परिस्थितिमा काङ्ग्रेसले अहम भुमिका खेल्दै आएको र यश विषम परिस्थितिमा पनि जिम्मेवारीबाट नपन्छिने प्रतिबद्धता जाहेर गरे। आजको सिटी जुलुस तथा बिरोध सभाको अध्यक्षता दिलिप माबोले गर्नु भयो भने कार्यक्रम सन्चालन सचिब गङ्गा उप्रेतिले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!