२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

चोरी शिकारी रोक्न नेपाली सेनाको ‘अप्रेसन ७ महिनामा १५ जना पक्राउ

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौँ, माघ ३ गते । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षणक्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी शिकारी विरुद्ध नेपाली सेनाले ‘अप्रेसन महाहण्ट–७ ’ शुरु गरेको छ ।
यो अप्रेसन सञ्चालन भएको दुई महिना ( पुस र माघ ) मा आरक्षित बन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको अभियोगमा तीन थान हतियार सहित १५ जना विभिन्न निकुन्जक्षेत्रबाट पक्राउ परेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चितवन राष्ट्रिय निकुन्जको माडीक्षेत्रबाट सालकको तस्करी गरिरहेको अवस्थामा स्थानीय केशर तामाङ, शुक्र तामाङ र पन्चलाल प्रजा पक्राउ परेका छन् ।
उनीहरुको साथबाट तीनसय ७५ ग्रामको सालक र तीनसय ग्राम सुकुटी बरामद भएको छ । अभियुक्त पन्चलाल यसअघि चितुवा चोरी शिकारीमा फरार ब्यक्ति भएको सेनाले जनाएको छ ।
त्यस्तैं, बर्दिया राष्ट्रिय निकुन्जक्षेत्रमा संरक्षित बन्यजन्तु चित्तलको शिकार गरी मासु भाग लगाउदै गरेको अवस्थामा बर्दिया बाँसगढीबाट चारजना महिला पक्राउ परेको सेनाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मोनकला भण्डारी, जुना चन्द ठकुरी, जैसरा विक र सावित्री वली छन् । घाँस–दाउरा लिन निकुन्ज प्रवेश गरेका ती महिलाले चित्तल मारी मासु भागवण्डा गरेको आरोप सेनाको छ ।
डोल्पा शे–फोक्सुण्डो राष्ट्रिय निकुन्जक्षेत्रमा कस्तुरी मृगको चोरी शिकारी अभियोगमा स्थानीय त्रिपुरा सुन्दरीका मनबहादुर बुढा, चन्द्रप्रसाद बुढा, सूर्य बुढा, गोकर्ण बुढा, चन्द्र केसी र लक्ष्मी चन्द शाहीलाई सेनाले नियन्त्रणमा लिएको छ ।
उहीहरूको साथबाट तीनथान भारुवा बन्दुक, बारुदको डिब्बा, छर्रा, कस्तुरीको सिङ्ग र दाँत, चौरीको सिङ्ग बरामद भएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले पक्राउ अभियुक्तहरूलाई थप कानुनी कारवाहीका लागि आरक्षण प्रशासनको जिम्मा लगाइने गरेको जानकारी दिनुभयो ।
राष्ट्रिय निकन्ज तथा बन्यजन्तु आरक्षणमा संरक्षित दुर्लभ बन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्न ‘अप्रेसन महाहण्ट–७’ कारवाही अभियान सन्चालनमा छ । यो अभियानमा सेनाका अतिरिक्त नेपाल प्रहरी, सशस्त्र प्रहरी, आरक्षण प्रशासन र स्थानीयको सहभागिता हुने गरेको छ ।
उहाँका अनुसार, पुस १२ गते चितवन, २३ गते बर्दिया, २७ गते र माघ १ गते शे–फोक्सुण्डोमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी शिकारी विरुद्ध सेनाले अप्रेसन सञ्चालन गरेको थियो । यो अभियान निरन्तर सञ्चालनमा रहेको छ ।
निकुन्ज आपसपासका वस्ती, विद्यालय र कलेजहरूमा आरक्षणमा संरक्षित दुर्लभ वन्यजन्तु, प्राकृतिक सम्पदा, वातावरण तथा पर्यावरण सुरक्षा र वन्यजन्तु चोरी शिकारी नियन्त्रणका सम्वन्धी जनचेतना मूलक कार्यक्रम सचालन गर्दै आएको सेनाले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!