२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

नेपालगन्ज सामुदायिक सेवा केन्द्र अध्यक्षमा दिपेन्द्र जोशी चयन

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

(महेन्द्र सिंह)
बाँके । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्जको अध्यक्षमा दिपेन्द्र जोशी चयन हुनु भएको छ ।
केन्द्रको आठौ साधारण सभा तथा अधिवेशनबाट जोशी अध्यक्षमा चयन हुनु भएको हो । जोशी यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । केन्द्रको उपाध्यक्षमा सञ्जय थापा, सचिवमा विवेक श्रेष्ठ, सहसचिवमा माया गुरुङ र कोषाध्यक्षमा श्याम शर्मा चयन हुनु भएको छ ।
हरिचन्द्र श्रेष्ठ, श्यामबहादुर केसी, रामप्यारे बर्मा, चोलराज श्रेष्ठ, जयदेव अवस्थी, नरेन्द्र श्रेष्ठ, मख्खनबहादुर धामी, सुरेन्द्रकुमार श्रेष्ठ, सरबर प्रसाई, ताराकुमारी रोकाय, सूर्यकुमार श्रेष्ठ, किसन गुरुङ, इन्द्रकुमार गिरी, प्रदीपप्रसाद श्रेष्ठ सदस्य हुनु भएको छ ।
२०५८ सालमा स्थापना भएको केन्द्रको आठौं साधारण सभा तथा अधिवेशन उद्घाटन नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले गर्नु भएको थियो । मेयर राणाले केन्द्रले समाजमा अपराध न्यूनीकरणमा सघाउ पु¥याएको बताउनुभयो ।
संस्थापक अध्यक्ष अच्यूत प्रसाई, कृष्णप्रसाद श्रेष्ठ, वडाध्यक्ष सुनिलसिंह हमाल, प्रहरी निरीक्षक सुरज खत्रीले समाजमा शान्ति सुरक्षा कायम गर्ने कुरामा केन्द्रले सहयोग गरिरहेको बताउनुभयो ।
अध्यक्ष शशी स्वाँरले प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै केन्द्रले जनचेतनामूलक गतिविधिहरु गरिरहेको बताउनुभयो । ‘अपराधमुक्त समाज निर्माणमा केन्द्रले ठूलो सहयोग गरिरहेको छ, स्वाँरले भन्नुभयो, लागु औषध नियन्त्रण, मानव बेचबिखनविरुद्धलगायतका गतिविधिमा हातेमालो गरिएको छ ।
साधारण सभाको अवसरमा माइती नेपाललगायत सहयोगी संघ संस्था तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।