२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्ज सामुदायिक सेवा केन्द्र अध्यक्षमा दिपेन्द्र जोशी चयन

Logo
प्रकाशित शनिबार, माघ ०३, २०७७

(महेन्द्र सिंह)
बाँके । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्जको अध्यक्षमा दिपेन्द्र जोशी चयन हुनु भएको छ ।
केन्द्रको आठौ साधारण सभा तथा अधिवेशनबाट जोशी अध्यक्षमा चयन हुनु भएको हो । जोशी यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । केन्द्रको उपाध्यक्षमा सञ्जय थापा, सचिवमा विवेक श्रेष्ठ, सहसचिवमा माया गुरुङ र कोषाध्यक्षमा श्याम शर्मा चयन हुनु भएको छ ।
हरिचन्द्र श्रेष्ठ, श्यामबहादुर केसी, रामप्यारे बर्मा, चोलराज श्रेष्ठ, जयदेव अवस्थी, नरेन्द्र श्रेष्ठ, मख्खनबहादुर धामी, सुरेन्द्रकुमार श्रेष्ठ, सरबर प्रसाई, ताराकुमारी रोकाय, सूर्यकुमार श्रेष्ठ, किसन गुरुङ, इन्द्रकुमार गिरी, प्रदीपप्रसाद श्रेष्ठ सदस्य हुनु भएको छ ।
२०५८ सालमा स्थापना भएको केन्द्रको आठौं साधारण सभा तथा अधिवेशन उद्घाटन नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले गर्नु भएको थियो । मेयर राणाले केन्द्रले समाजमा अपराध न्यूनीकरणमा सघाउ पु¥याएको बताउनुभयो ।
संस्थापक अध्यक्ष अच्यूत प्रसाई, कृष्णप्रसाद श्रेष्ठ, वडाध्यक्ष सुनिलसिंह हमाल, प्रहरी निरीक्षक सुरज खत्रीले समाजमा शान्ति सुरक्षा कायम गर्ने कुरामा केन्द्रले सहयोग गरिरहेको बताउनुभयो ।
अध्यक्ष शशी स्वाँरले प्रहरी र नागरिकको सम्बन्ध नङ र मासुको जस्तै भएको भन्दै केन्द्रले जनचेतनामूलक गतिविधिहरु गरिरहेको बताउनुभयो । ‘अपराधमुक्त समाज निर्माणमा केन्द्रले ठूलो सहयोग गरिरहेको छ, स्वाँरले भन्नुभयो, लागु औषध नियन्त्रण, मानव बेचबिखनविरुद्धलगायतका गतिविधिमा हातेमालो गरिएको छ ।
साधारण सभाको अवसरमा माइती नेपाललगायत सहयोगी संघ संस्था तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!